राष्ट्रपतिमाथि भएको दुर्व्यवहारका बारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी


घटनामा संलग्न १४ जना पक्राउ

प्रकाशित मिति :2015-12-27 17:09:42

चन्द्र बानियाँ

काठमाडौं, पुस १२ । डेढ हप्ता अघि राष्ट्रपतिको जानकी मन्दिर भ्रमणका क्रममा भएको घटनावारेमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले व्यवस्थापिका संसदको आजको बैठकमा जानकारी गराउनु भएको छ । विवाह पञ्चमीका दिन राष्ट्रपतिको जानकी मन्दिर भ्रमणका क्रममा मधेशी मोर्चाका कार्यकर्ताबाट भएको अभद्र व्यवहार र उत्पन्न स्थितिका वारेमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री बस्नेतले घटनामा संलग्न भएका मध्ये १४ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पुस आठ गते बसेको संसद बैठकमा सभामुखले जनकपुर घटनावारेमा सदनलाई जानकारी गराउन निर्देशन दिएपछि सरकारका तर्फबाट घटनाबारे आज सदनलाई जानकारी दिइएको हो ।

गृहमन्त्री बस्नेतका अनुसार राष्ट्रपति विद्या भण्डारीको जानकी मन्दिर भ्रमणका क्रममा अभद्र र उश्रृंखल हर्कत गर्ने मध्ये ११ जना पुरुष र ४ महिला पक्राउ परेका छन् । पक्राउ परेका मध्ये तीन जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही प्रक्रिया अघि बढाईएको छ । छानवीनका लागि तीनवटै सुरक्षा निकायका अधिकारी सम्मिलित छानवीन समिति अहिले काम गरिरहेको र केही दिन भित्रै समितिले सरकारलाई प्रतिवेदन बुझाउने गृहमन्त्री बस्नेतले सदनलाई जानकारी दिनु भएको छ ।

उहाँले, दर्शनार्थी मन्दिर प्रवेश गरेपछि केही उश्रृंखल व्यक्तिहरू मन्दिर परिसर भित्र प्रवेश गरी पेट्रोल बम हान्ने, विवाहमण्डप तोडफोड गर्ने, मन्दिरमा लात्ती प्रहार गर्ने काम भएपछि वाध्यभई सुरक्षाकर्मीले लाठ्ठीचार्ज र अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको जानकारी दिनुभयो । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जानकी मन्दिर घटनाको वारेमा सदनलाई जानकारी दिई रहनु हुँदा मधेशी मोर्चाका सांसदहरूले सभामुखको रोष्ट्रम अगाडि उभिएर नाराबाजी र हो—हल्ला गरिरहेका थिए ।

मधेशी मोर्चाका अवरोधकै बीच गृहमन्त्री बस्नेतले भन्नुभयो ‘मधेशी मोर्चाका केही उश्रृंखल कार्यकर्ताबाट जानकी मन्दिरमा सम्मानित राष्ट्रपतिमाथि अभद्र र अशोभनिय कार्य भएको छ । यो कार्यको नेपाल सरकार घोर निन्दा र भत्र्सना गर्दछ ।’ राष्ट्रपति फर्केको भोलिपल्ट पुजारीलाई राष्ट्रपतिलाई किन बोलाएको भन्दै हातपात भएको गृहमन्त्री बस्नेतले सदनलाई जानकारी गराउनु भएको छ । उहाँले सामाजिक सदभाव विथोल्ने र धार्मिक आस्थामाथि गंभिर अवस्था सिर्जना हुने गतिविधि गर्नेलाई सरकारले कुनै पनि हातलमा छुट नदिने गृहमन्त्री बस्नेतको भनाइ छ ।

बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरूले भुकम्प पीडित जनताको लागि गाँस बास कपासको व्यवस्था गर्न, नाकाबन्दीपछि उत्पन्न असहज परिस्थितिको छिटो अन्त्य गर्न तथा तराई मधेश आन्दोलन छिटो अन्त्य गर्न सरकार र सदनको गंभिर ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति २०७२ पुस १२ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: