छोरी जन्मनुमा शतप्रतिशत भूमिका बाबुको हुन्छ : चिकित्सक


प्रकाशित मिति :2015-12-28 12:33:23

रमला सिंगक

cromosomसुनसरी, पुस १३ । धेरैलाई थाहा नहुन सक्छ, गर्भमा छोरा वा छोरीको भ्रुण बस्नुमा महिलाको होइन पुरुषको शतप्रतिशत भूमिका रहन्छ तर महिलाको सून्य प्रतिशत पनि भूमिका हुँदैन भन्ने वास्तबिक ज्ञान ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुती विषेशज्ञ चिकित्सक प्राध्यापक डा. मोहनचन्द्र रेग्मीका अनुसार हाम्रो शरीरको कोशिकाको केन्द्रमा हुने धागो जस्तो क्रोमोजोमले लिङ्ग निर्धारण गर्छ । मानिसको शरीरको कोशिकामा क्रोमोसोमको संंख्या ४६ वटा हुन्छ ।

ती ४६ क्रोमोसोम २३ जोडीको रुपमा रहेका हुन्छन् । उनले भने, ‘यी क्रोमोसोम मध्ये २२ जोडी क्रोमोसोमहरू महिला र पुरुष दुवैमा एकसमान हुन्छन् । जसलाई ओटोसोम्स भनिन्छ । तर, २३ औं जोडीलाई ‘सेक्स क्रोमोसोम’ भनिन्छ । जुन दुई किसिमको हुन्छ ।

यो महिलामा एक्स एक्स र पुरुषमा एक्स वाईको रुपमा रहेको हुन्छ । छोरा वा छोरीको भ्रुण रहनेमा सेक्स क्रोमोजोमको मुख्य भूमिका रहन्छ । जुन पुरुषसंग मात्र हुन्छ ।’

उनका अनुसार सन्तानोत्पादनका लागि महिला र पुरुषले गर्ने सहवास क्रियाको समयमा यदि पुरुषको शुक्रकिटमा रहको एक्स क्रोमोसोम महिलाको अण्डाणुमा रहेको एक्स क्रोमोसोमसंग मिलेमा गर्भमा छोरीको भ्रुण बस्छ ।

यदि पुरुषको वाई क्रोमोसोम र महिलाको एक्स क्रोमोसोम आपसमा मिलेमा छोराको गर्भ बस्छ । उनले भने, ‘पुरुषको शुक्रकिट निस्कँदा एक पटकमा दुइ करोड भन्दा बढी संख्यामा निस्कन्छन् । ती मध्ये गुणस्तरीय शुक्रकिट जुन एक्स वा वाई नामका जान सक्छन् तर महिलाको डिम्बकोशबाट एक्स मात्र जाने हो । किन की महिलासंग सेक्स क्रोमोजोमको रुपमा एक्स एक्स नै मात्र प्रकृतिले दिएको हुन्छ । र, ती क्रोमोसोमहरुको मिलन संयोजक महिला र पुरुषको इच्छामा भर नपरी प्रकृतिको इच्छामा निर्भर रहन्छ ।’

समाजमा र परिवारमा महिलालाई तलपार्न छोरी जन्माएमा महिलालाई नै दोषीका भागिदार बनाउने गरिएको उनले बताए । वैज्ञानिक तथ्य एकातिर छ तर समाजको मान्यता अर्कै हुन पुग्दा छोरी मात्र जन्माउने महिलाहरु दोषीका भागिदार बन्न पुगेको उनले बताए ।

प्रकाशित मिति २०७२ पुस १३ गते साेमवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: