महिला खबर
चितवन, पुस १३ । निर्वाचन आयुक्त इला शर्माले लैंगिक हिंसा अन्त्यका लागि स्थानिय निकायमा महिलाको ५० प्रतिशत सहभागिता दरिलो आधार हुने बताउनुभएको छ ।
निर्वाचन आयोगले भरतपुरमा आयोजना गरेको निर्वाचन प्रकृयामा लैंगिक समावेशिता सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा उहाँले स्थानिय निकायमा महिलाको सहभागिताले नेतृत्वतहमा महिला पुग्न सहज हुने बताउनुभयो ।
स्थानिय निकायको निवार्चनमा महिलाको ५० प्रतिशत सहभागिताको आयोगले स्थानिय निवार्चन कार्यविधि ऐन तयार गरिहेको जानकारी दिनुहुँदै आयुक्त शर्माले भन्नुभयो ‘कार्यविधि हाउसबाट पारित भएको खण्डमा धेरै राम्रो हुनेछ ।’
उहाँले अझै पनि राजनैतिक, सामाजिक लगायतका हरेक क्षेत्रमा महिला हिंसा भइरहेको तर्क गर्नुभयो । ‘विशेषगरी महिला मतदाताको साथसाथै महिला उमेद्वारले पनि निवार्चनकका क्रममा धेरै खाले हिसां सहन गर्नु परेको कारण स्रोत र साधनमा पहुँच नहुँनु हो’ शर्माले भन्नुभयो ।
कार्यक्रममा निर्वाचन आयोगका सहसचिव वासुदेव गुरागाईले नयाँ संविधानमा निवार्चन सम्बन्धि व्यवस्थाहरूका बारेमा प्रष्टयाउनु भएको थियो । कार्यक्रममा चितवनका सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि र अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०७२ पुस १३ गते सोमवार
Comment Here!