४६ लाख व्यक्ति नागरिकताविहिन


प्रकाशित मिति :2015-12-29 15:22:45

गोमा परियार
काठमाडौं। एक तथ्याङ्क अनुसार नेपालमा अहिले पनि ४६ लाख व्यक्ति नागरिकताविहीन रहेको पाईएको छ। महिला, कानुन र विकास मञ्चलेे नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्ति : अनुगमन र प्रक्षेपण नामक आज सार्वजनिक गरेको पुस्तकमा ४६ लाख व्यक्ति नागरिकताविहीन रहेको सार्वजनिक गरिएको हो।

 Mira

पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै महिला, कानुन र विकास मन्चका संस्थापक अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सपना मल्ल प्रधानले पहिचानको दस्तावेज नहुँदा धेरै महिला पहिचानविहिन हुन परेको बताउनुभयो।

नागरिकता नहुँदा पुरुष भन्दा महिला बढी पीडित रहेको मल्लको तर्क थियो। पुरुषको तुलनामा नागरिकताविहिन महिला धेरै हुँदा महिला र पुरुष बिचको असमानता बढ्दै गएको पनि उहाँले बताउनुभयो।

त्यस्तै अधिवक्ता मीरा ढुङ्गानाले बिहेपछि लोग्नेको घर जानैपर्ने रितीरिवाज अहिलेको संविधानमा पनि निरन्तर रहेकाले पनि महिला र पुरुष विचको असमानता कायमै रहेको बताउनुभयो। साथै संविधान लैङ्गिक संबेदनशिल हुन नसकेकै कारण नागरिकता नपाउने महिलाको संख्या बढ्न सक्ने अधिवक्ता ढुङ्गानाको तर्क थियो।

प्रकाशित मितिः २०७२ पुस १४ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: