समृद्धिकली सुन्दरी घोषित


प्रकाशित मिति :2015-12-29 16:21:57

नारायण ढुंगाना

sundari ,, photo by nawaraj mishraसौराहा । चितवनको रत्ननगर स्थित सौराहामा जारी चितवन हात्ती महोत्सव अन्तरगत आज भएको हात्ती सुन्दरी प्रतियोगितामा ट्रभलर जंगल क्याम्पको समृद्धिकलीले हात्ती सुन्दरी प्रतियोगिताको उपाधि चुमेको छ ।

आज भएको सुन्दरी प्रतियोगितामा पुष्पाकली हात्ती फष्ट रनर अप घोषित भएको महोत्सवको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सेकेन्ड रनर अपमा बसन्तीकली घोषित भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै आज भएको फाईनल खेलमा टाँगातर्फ बुद्धज्योती बोर्डिङको रेश्मा टाँगा प्रथम, निकुञ्ज जीप सफारीको काजल टाँगा दोस्रो र सौराहा हात्ती बुकिंगको बसन्ती घोडाले तेस्रो स्थान हासिल गरेको महोत्सव आयोजक समितिले जनाएको छ ।

आजै भएको गाडा दौडतर्फको खेलमा शिवम् सप्लायसको पशुपति चौधरी सवार गाडा प्रथम भएको छ । यस्तै सिनर्जी एफएमको जमुना चौधरी सवार गाडा दोस्रो र रेडियो चितवनको मथुरा चौधरी सवार गाडाले तेस्रो स्थान भएको नतिजा प्रकाशन समितिका संयोजक तिवारीले जानकारी दिनुभयो ।

यस्तै आजै भएको डुंगादौडतर्फ कालिका एफएमबाट सहभागि गणेश बोटे सावार डुंगा प्रथम भएको छ । यस्तै कायाकैरन दैनिकबाट सहभागि होम बहादुर कुमाल सवार डुंगा दोस्रो तथा रेडियो अर्पणबाट सहभागि आईते बोट सवार डुंगाले तेस्रो स्थान हासिल गरेको छ । विजेताहरूलाई भोली समापन समारोहमा पुरस्कार वितरण गरिने महोत्सव आयोजक समितिका संयोजक सुमन घिमिरेले जानकारी दिनुभयो ।

हात्ती फाष्ट वाक प्रतियोगिता अन्तरगत आज भएको सेमिफाईनल खेलबाट तीन हात्ती फाईनलमा प्रवेश गरेको छ । यसरी फाईनलमा जाने हात्तीहरूमा अप्पुकली, मारुतीकली र व्यूटिकली रहेको नतिजा प्रकाशन समितिले जनाएको छ ।

यसअघि हिजो नै तीन हात्ती फाईनलमा पुगेका थिए । भोली ६ वटा हात्तीहरु उपाधिका लागि भिड्ने छन् । यस्तै भोली नै सिजी फुड्स र नविल बैक हात्तीका छावावीच फुटवलमा भोली उपाधि भिडन्त हुनेछ ।

प्रकाशित मिति २०७२ पुस १४ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: