पाँच वर्षमुनिका चार लाख ३० हजार बालबालिका कुपोषित


प्रकाशित मिति :2015-12-29 16:23:03

महिला खबर
04_12_2015-rewer - Copyकाठमाडौं । पाँच वर्षमुनिका बालबालिकामा हुने कुपोषण अन्त्य गर्न आजदेखि बिभिन्न संघसंस्थाको पहलमा ‘जेनेरेसन न्युट्रिसन’ अभियान सुरु गरिएको छ ।

पाँच वर्षमुनिका बालबालिकालाई कुपोषणबाट हुने मृत्युबाट जोगाउन सरकारलाई आर्थिक एवम् प्राविधिक सहयोग गर्ने दातृ निकायको ध्यानाकर्षण गराउने उद्देश्यले अभियानको सुरु गरिएको हो । शीघ्र कुपोषणलाई जनस्वास्थ्यको समस्याका रुपमा पहिचान गर्दै आवश्यक स्रोत साधन परिचालन गर्नेपनि अभियानको लक्ष्य रहेको छ ।

अभियान सञ्चालनका लागि सहयोग गर्ने संस्था एसिएफ नेपालका कार्यक्रम निर्देशक मार्टिन रोसेलटले शीघ्र कुपोषणको समस्यालाई राजनीतिक बहस बनाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा बाेल्दै स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले बालस्वास्थ्यको समस्याका रुपमा रहेको कुपोषणलाई अन्त्य गर्न बहुक्षेत्रीय समन्वय आवश्यक रहेकामा जोड दिँदै खाना खाने व्यवहार तथा पौष्टिक खाना खानुपर्छ भन्ने सचेतना समुदायसम्म पुर्‍याउनुपर्ने मा जाेड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका वरिष्ठ कार्यक्रम निर्देशक राधाकृष्ण प्रधानले पोषणमा सरकारी लगानी वृद्धि भइरहेको र विकासका योजनामा पोषणले स्थान पाउन सुरु गरेको बताउनुभयो ।

पछिल्लो जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार ती उमेर समूहका करिब चार लाख ३० हजार बालबालिका कुनै न कुनै रुपमा कुपोषणबाट प्रभावित छन् । तीमध्ये दुई लाख ९० हजार बालबालिका त शीघ्र कुपोषणबाट ग्रसित छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पूर्णस्तनपान, पूरक खाना, स्वास्थ्य सेवामा पहुँच, खानामा पोषक तत्वको अभावजस्ता कारणले नेपाली बालबालिकामा शीघ्र कुपोषणको मात्रा बढी हुँदै गएको छ ।

प्रकाशित मितिः २०७२ पुस १४ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: