महिला खबर
जुम्ला । ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पुर्याएको योगदानलाई कदर गर्दै डिल्लीचौर लुमगाउँकी लाउरीमाया थामीलाई अन्तर्राष्ट्रिय पुरस्कार दिइएको छ । समाज रुपान्तरणमा निरन्तर खटिएको भन्दै थामीलाई यो सम्मान दिइएको हो ।
साठी वर्षीया थामीलाई गत असोज १५ गते अन्तर्राष्ट्रिय वुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले अन्तर्राष्ट्रिय पुरस्कार विजेता घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका अवसरमा एक्सन वर्क्स नेपालका जिल्ला संयोजक केशवप्रसाद धितालले थामीलाई नगद एक लाख रुपैयाँ पुरस्कारको राशी हस्तान्तरण गर्नुभयो ।
हरेक वर्ष ग्रामीण भेकमा अहोरात्र खटिने विश्वभरका १० महिलामध्ये नेपालबाट थामी पर्नुभएको थियो । थामीले पुरस्कार ग्रहण गर्दै आफूजस्तो एकल र निरक्षर महिलाको कामके मुल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा खुसी लागेको बताउनुभयो । उहाँले सो सम्मान आफूले मात्र नभई हिमाली जिल्लासहित नेपालले जितेको बताउनुभयो । बाह्र वर्षको उमेरमा बालविवाह भएकी थामीका श्रीमानले दोस्रो विवाह गरेपछि सम्बन्धबिच्छेद गर्नुभएको थियो ।
प्रकाशित मितिः २०७२ पुस १४ गते मङ्गलवार
Comment Here!