यौनजन्य संक्रमणका बिरामी महिला बढी


प्रकाशित मिति :2015-12-30 12:03:32

देविका घर्ती मगर 

दाङ । दाङमा यसवर्ष १ हजार १ सय ७७ जना यौनजन्य संक्रमणका बिरामी महिलाले उपचार लिएका छन् ।नेपाल परिवार नियोजन संघ दाङ शाखाले सञ्चालन गरेको भेस्टेलेटो प्रोजेक्टको पपुलेशन हेल्थ (पिएचई) र इन्भाइरमेन्ट कार्यक्रम तथा जापनिज ट्रष्ट फण्ड (जेटिएफ) अन्तर्गत दाङका महिलालाई उपचार सेवा दिएको हो ।

सन् २०१५ मा आयोजना गरिएका १७ वटा प्रजनन स्वास्थ्य शिविरमा उपचार गराएका १ हजार ९ सय ६५ जना महिलामध्ये १ हजार १ सय ७७ जना यौनजन्य संक्रमणका बिरामीले उपचार सेवा लिएका हुन् ।

पिएचई कार्यक्रम अन्तर्गत ४ वटा शिविरमा ४ सय ७५ जनाले सेवा लिएका थिए । जसमध्ये ३ सय ४७ जना यौनजन्य संक्रमणका बिरामीले उपचार लिएको नेपाल परिवार नियोजन संघ दाङका युवा परिचालक सविना भुसालले जानकारी दिनुभयो ।

यस्तै जेटिफ अन्तर्गत १३ वटा प्रजनन स्वास्थ्य शिविर सम्पन्न गरिएका थिए । जसमा १ हजार ४ सय ९३ जनालेले सेवा लिएका मध्ये ८ सय ३० जना महिलाले यौनजन्य संक्रमणका बिरामीले उपचार लिएको भुसालले जानकारी दिनुभयो ।

डाक्टरको सहभागिता बिना स्वास्थ्यकर्मीको सहभागितामा आयोजना गरिएका ५ वटा साना प्रजनन स्वास्थ्य शिविरमा २ सय ६० ले सेवा लिएकोमा १ सय ७५ जना यौनजन्य रोगको संक्रमणका बिरामी रहेको संघले जनाएको छ ।

प्रत्येक शिविरमा १/२ जना सेतोपानी बग्ने समस्या भएका बालिका तथा किशोरीहरू समेत आउने गरेको पाइएको छ । यस्तो समस्या सरसफाईको अभाव तथा चेतनाको कमीका कारण हुने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने संघका बरिष्ठ मेडिकल अधिकृत डा.अरबिन्द भुसालले जानकारी दिनुभयो । घोराहीमा आयोजित पत्रकार सम्मेलनमा रिपोर्ट सार्वजनिक गर्दै डा.भुसालले यौनजन्य संक्रमणको समस्या भएका बिरामी शिविरहरूमा धेरैनै आएको बताउनुभयो ।

राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा कार्यरत डा.दिपिका सुवेदीले पाठेघर खसेका र संक्रमण भएका महिलाको संख्या उस्तै–उस्तै रहेको बताउनुभयो । यौनजन्य संक्रमण भएका महिलाको संख्या कम भए हुन्थ्यो भन्ने अपेक्षा जहिले पनि रहेको तर, शिविरहरूमा उपचारको लागि आउनेमा महिला नै बढी हुने डा.सुवेदीले बताउनुभयो । यस्ता समस्याको समाधानका निमित्त विशेषगरी महिलाले सरसफाईमा ध्यान दिनुपर्ने र सुरक्षित यौन व्यवहारमा ध्यान दिन डा.भुसाल र डा. सुवेदीले आग्रह गर्नुभयो ।

प्रकाशित मिति २०७२ पुस १५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: