महिला खबर
दाङ । नेपाल परिवार नियोजन संघ दाङ र ओरेक नेपाल दाङले सञ्चालन गरेको दुई दिने प्रजनन स्वास्थ्य शिविरमा ५ सय ३५ जना महिलाले सेवा लिएका छन् ।हलवारको खाद्रेमा सञ्चालन गरिएका शिविरमा आएका ६ सय ६० जनामध्ये ५ सय ३५ जनालाई सेवा दिएको संघ र ओरेकले मंगलवार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
३९ जना पाठेघरको मुख सुनिएको, ४० जना ग्याष्ट्रिक भएको, ११ जना पिसाबमा संक्रमण भएको, १५ जना पाठेघरको मुखमा घाउ भएको, १९ जना यौनी चिलाउने संक्रमण भएको, १ जना उच्च रक्तचाप, ३० जना महिनावारी गडबडी, दुखाईको समस्या भएको, ७ जना रगत बग्ने समस्या भएको बिरामी शिविरमा आएको ओरेक दाङका संयोजक लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।
यस्तै शिविरमा पाठेघर खसेका महिलामध्ये पहिलो डिग्रीका ३५ जना, दोस्रो डिग्रीका २६ जना, तेस्रो डिग्रीका १७ जना, १४ जा गर्भवती, ७१ जना तल्लो पेट दुख्ने, ८३ जना ढाड दुख्ने, ४ जना रक्तअल्पता, १ सय १९ जना सेतो पानी वग्ने, ४० जना जोर्नी दुख्ने, ६ जना टाउको दुख्ने, ५३ जना अन्य बिरामीहरूको उपचार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । शिविरमा ३९ जना महिलाले रिङ्गप्रेसरी लगाएको र १६ जनालाई अपरेशनका निमित्त रिफर गरिएको थियो ।
प्रकाशित मिति २०७२ पुस १५ गते बुधवार
Comment Here!