एक महिनामा १३ जना किशोरी तथा महिलाको बलात्कार


प्रकाशित मिति :2015-12-30 13:20:25

महिला खबर

काठमाडौं । सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमन अनुसार एक महिनामा १३ जना किशोरी तथा महिलाको बलात्कार भएको देखिएको छ । अनुगमन अवधिमा बलात्कारसम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए ।  समूहले मंसिर महिना १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचार बाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको समूहका सचिव बिमला तुम्खेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार अनुगमानमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स र द राइजिङ नेपाल अंगे्रजी दैनिकहरू समेटिएको विज्ञप्तिमा उल्लेख छ ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएका मध्ये बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य भएको समूहले जनाएको छ ।

मंसिर महिनामा हत्याका ८ वटा घटना भएका थिए र हत्यासम्बन्धी ४० वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारको १ वटा घटना भएको थियो र ७ वटा समाचार सामग्री प्रकाशित भएका थिए । स्वास्थ्य अधिकार हनन्का १ वटा घटना थिए र ५३ वटा समाचार सामग्री प्रकाशित भएका थिए । आर्थिक अधिकारसँग सम्बन्धित १ वटा घटना थिए र १४ वटा समाचार, विचार तथा सम्पादकीय छापिएका थिए ।

यस अवधिमा मानव बेचबिखनसम्बन्धी १५ र राजनितिक अधिकार हननसम्बन्धी २० समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ । त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धीे १ वटा घटना थिए र १९ वटा समाचार सामग्री प्रकाशित थिए ।

बोक्सी आरोपका २ वटा समाचार सामग्री प्रकाशित भएका थिए। घरेलु हिंसासम्बन्धी ९ वटा समाचार सामग्री र १ वटा घटना प्रकाशित भएका थिए । त्यस्तै बहुबिवाहसम्बन्धीे १ वटा घटना थियो र १ वटा समाचार सामग्री प्रकाशित थियो । यो महिना दाईजोसम्बन्धी कुनै समाचार प्रकाशित भएन ।

महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा निकै नै कम जम्मा १३ वटा समाचार छापिएका थिए । पृष्ठमा २ जम्मा ५७ समाचार छापिएका थिए । पाचौं पृष्ठमा जम्मा ६७ वटा समाचार छापिएका थिए । महिला हिंसासम्बन्धी समाचारको स्थान सन्तोषजनक थियो ।
अनुगमनले महिलामाथि हिंसा गर्नेमा, परिवारका सदस्य (२८), छिमेकी (९), राज्य १, पीडक उल्लेख नभएका (२५) र अन्य (१) भएको देखाएको छ । सो अवधिमा

महिला हिंसासम्बन्धी सम्पादकीय ३, फोटो समाचार ५, लेख ३२, सफ्ट न्यूज ४३ तथा हार्ड न्यूज २१५ प्रकाशित थिए । प्रकाशित समाचारमध्ये हार्ड न्यूज १०, सफ्ट न्यूज १५ र ११ वटा लेखमा मात्र फोटो/स्केच प्रयोग गरिएको थियो ।

सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई स्थान दिने गरेको छ । यस पटक बलात्कारसम्बन्धी १ र हत्याका ३ वटा ‘फलोअप’ समाचर थिए । ‘हार्ड न्यूज’ मा फोटोको प्रयोग कम (१०) पाइएको छ र समाचार सामाग्रीमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यस अघि झै सम्पादकीय दृष्टिकोणको अभाव नै देखिन्छ । यस महिना पीडितका ३ वटा तस्बिर छापिएका थिए भने पीडकको १ वटा तस्बिर छापिएको विज्ञप्ति उल्लेख छ ।

प्रकाशित मिति २०७२ पुस १५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: