करिश्मा चौधरी
काठमाडौं । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले महिला सुसुचित भएमात्र पुरूष र अन्य परिवारले लाभ लिन सक्ने हुँदा सूचनाको हकका बारेमा महिलालाई जानकारी गराउँन आवश्यक भएको बताउनुभयो ।
सूचनाको हकमा लैङ्गिक समावेशिता विषयक छलफल कार्यक्रमा बोल्दै आयुक्त पोखरेलले सूचनाको पहुँच नहुँदा महिलामाथि हिंसा हुने भएकाले ग्रामीण स्तरसम्म सूचनाको पहुँच पु¥याउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दुले सूचना माग्न जाने महिलाले हिंसाको सामना गर्नु परेको बताउनुभयो । उहाँले सूचना दिने पहुँचमा रहेका महिलाले पनि निर्धक्क भएर सूचना दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै म्यागका अध्यक्ष बबिता बस्नेतले सूचनाको जानकारी नहुँदा हिंसामा परेका महिलाले न्यायको लडाई लड्न अप्ठ्यारो भएको बताउनुभयो ।
आफूमाथि भैरहेको हिंसा विरुद्ध लड्नका लागि हरेक महिलाको सूचना पहुँच पुर्याउनु पर्ने धारणा राख्नुभयो ।
प्रकाशित मिति २०७२ पुस १५ गते बुधवार
Comment Here!