सिंहदरबार भित्र दलितमाथि विभेद


प्रकाशित मिति :2015-12-30 16:08:15

गोमा परियार

काठमाडौं । उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले दलितलाई गर्ने व्यवहारमा अझैपनि पूर्ण परिवर्तन आउन बाँकी रहेको बताउनुभयो ।

दलित महिला संघले आयोजना गरेको समग्र विकासको अवरोध जातिय तथा लैङ्गिक विभेद दिगो शान्तिका लागि दलित महिलाको राजनीतिमा सहभागिता अवसर, सिकाई र चुनौतीहरू बिषयक कार्यक्रममा बोल्दै मन्त्री मैनालीले समाजमा भएको विभेदलाई हटाउन सकारात्मक भएर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।

आफ्नो आन्दोलन र लडाईलाई व्यर्थ नठानी आशावादी भएर लाग्ने हो भने अहिलेको विभेदलाई हटाउन सक्ने उहाँको भनाइ छ । देशले गुणात्मक परिवर्तन नपाएको बेला दलित आन्दोलनले परिवर्तन ल्याएन भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउँदै उहाँले भन्नुभयो ‘दलित महिला छुवाछुतको ठूलो मारमा छन् ।’

IMG_0661

जनउत्थान प्रतिष्ठाका अध्यक्ष यम किसानले राज्यले दस्ताबेजमा मात्रै जातिय छुवाछुत अन्त्य गरेको घोषणा गरे पनि व्यवहारमा लागू नभएकोे बताउनुभयो । जातिय विभेदकै कारण नेपालको आर्थिक, शैक्षिक तथा समग्र विकासमा असर परेको उहाँको तर्क थियो ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी दुर्गा सोबले राजनीतिमा दलितको सहभागिता भन्ने कुरामा दलित पुरुषलाई मात्र समावेश गर्ने र महिला भन्ने ठाँउमा गैर—दलित महिलालाई सहभागी गराउने भएकाले दलित महिलाको राजनीतिमा सहभागिता हुन नसकेको बताउनुभयो ।

अधिकारकर्मी सोबले भन्नुभयो ‘दलितहरू बाहिरमात्र होईन सिंहदरबारमा पनि विभेदमा परे जस्ले गर्दा मन्त्रिपरिष्दमा एक जना पनि प्रतिनिधित्व गराईएन् ।’
कार्यक्रममा बोल्दै दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले कुल जनसंख्यामा १० प्रतिशत रहेका दलित महिलाको विकास नभएसम्म समग्र महिलाको विकास हुन नसक्ने भएकाले दलित महिलालाई पनि राज्यका हरेक निकायमा समावेश गराउन आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति २०७२ पुस १५ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: