महिला खबर
विराटनगर । नेपाली कांग्रेस निकट नेपाल महिला संघकी अध्यक्ष डाक्टर डिला संग्रौलाले नयाँ संविधान र समयअनुसार नेपाली कांग्रेसले आफ्नो विधानमा परिमार्जन गर्नुपर्ने बताउनुभएको छ। आज विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै संग्रौलाले नेपाली कांग्रेसको विधानअनुसार केन्द्रिय समितिमा महिलाको सहभागिता २१ प्रतिशत मात्र भएको भन्दै कम्तीमा ३३ प्रतिशत सहभागिता सुुनिश्चित हुने गरी विधान परिवर्तन गर्नुपर्ने बताउनुभएको हो।
उहाँले नेपाली कांग्रेसको आसन्न १३ औं महाअधिवेशनमा महिलाका लागि पदाधिकारीमा पनि आरक्षणको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। महिला महिलामात्र प्रतिस्पर्धा गरे पदाधिकारीमा महिला पुग्न सक्ने भएकाले यो व्यवस्था गर्न जरुरी रहेको उहाँको भनाई थियो।
महिला सहभागिताका सवालमा उहाँले अन्य पार्टी र नेपाली कांग्रेस भित्र धेरै समस्या रहेको भन्दै जिल्ला स्तरमा पनि नेतृत्व तहमा महिला नहुनु दुःखदायी रहेको बताउनुभयो।
जिल्लास्तरमा पनि नेपाली कांग्रेसको एउटा जिल्लामा अध्यक्ष र अर्कोमा सहसचिवमात्र रहेको उहाँले बताउनुभयो। संग्रौलाले नेपाल महिला संघले संविधानमा व्यवस्था भएको महिलाको अधिकारका विषयमा जानकारी दिन र महिला संघको भुमिकाको विषयमा जानकारी दिन यहि १७ गते विराटनगरमा कोशी अञ्चल स्तरिय भेला आयोजना गर्ने भएको छ।
प्रकाशित मितिः २०७२ पुस १५ गते बुधवार
Comment Here!