‘बिहेबारी बीस वर्ष पारी’ अभियानमा किशोरी


प्रकाशित मिति :2015-12-31 11:41:21

महिला खबर
म्याग्दी । बालविवाह न्यूनिकरणका लागि म्याग्दीका किशोरी  सक्रिय भएका छन् ।  शिक्षा र चेतनाको कमीको कारण सानै उमेरमा विवाह गर्ने प्रचलनलाई अन्त्य गर्न जिल्लामा  किशोरी तथा युवा महिला सञ्जाल गठन गरी किशोरी लागि परेका छन् ।

ग्रामिण भेगमा शिक्षा र चेतनाको कमिका कारण छोरीलाई सानै उमेरमा विवाह गर्ने चलन रहेकाले विहेवारी बीस वर्ष पारी अभियान सञ्चालन गरेको किशोरी तथा युवा महिला संजालका सचिव लक्ष्मी विश्वकर्माले बताउनुभयो ।

छोरीलाई सानै उमेरमा विवाह गर्दा विभिन्न समस्या भोग्नु परेको र  अन्य अवसरबाट समेत बञ्चित हुने अवस्था आएकाले २० वर्षपछिमात्रै विवाह गर्नुपर्छ भन्ने सन्देश दिन अभियान चलाएको उहाँले बताउनुभयो ।  २ वर्षअघि  जिल्लामा गठन भएको किशोरी तथा युवा महिला सञ्जालले अहिले ग्रामिण भेगमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक, अन्तरक्रियालगायत सचेतनाका कार्यक्रम संचालन गर्दै आएको छ । सञ्जाललाई प्लान नेपालको सहमति संस्थाले संचालन गरेको बालिका शक्ति परियोजनाले सहयोग गर्दै आएको छ ।

‘किशोरीका समस्यालाई जिल्लास्तरमा बहस र छलफल गरी समाधानतर्फ लैजानु हाम्रो उद्देश्य हो , अहिले बालविवाह, महिला हिंसालगायतका समस्यालाई केन्द्रित गरी अभियान चलाइएको छ ’ सञ्जालका सदस्य घनित्रा पुनले भन्नुभयो ।

जिल्लाका बीस गाविसमा युवा महिला संस्था क्रियाशिल छन् भने जिल्लामा किशोरी तथा युवा महिला सञ्जाल गठन गरी १६ देखि २४ उमेर समूहका युवा महिला संगठित बनेर समाजिक समस्या न्यूनिकरणमा अग्र्रसर बनेका छन् । उनीहरूले आफूले अध्ययन गर्ने विद्यालयबाटै महिला मैत्री वातावरण तयार गर्न पहल थाल्दै सामाजिक विकृतिलाई निरुत्साहित गर्न सक्रियता बढाइरहेका छन् ।

प्रकाशित मिति : २०७२ पुस १६ गते विहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: