संविधानमा समानताको माला उनिए पनि पहिरन पाइएन


प्रकाशित मिति :2015-12-31 14:37:42

महिला खबर

काठमाडौं। समावेशी तथा समानुपातिक सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा महिला सहभागिता, प्रतिनिधित्व र निर्णय प्रक्रियामा अर्थपुर्ण भुमिका भएपनि महिला भएकै कारण असमानाता देखिएको कानुनिवद चन्द्रकान्त ज्ञवालीले बताउनुभएको छ । वीमेन एक्टले बुधबार काठमाडौंमा आयोजना गरेको “नयाँ संविधान : मानव अधिकार र महिलाका अधिकार, बाझिएको कानुन खारेजी संशोधन, निर्माण तथा सुझाव” विषयक कार्यक्रममा ज्ञवालीले राजनीतिमा समान सहभागिता र प्रतिनिधित्व नहुँदा संविधानमा समानताको माला उनिए पनि पहिरन नपाएको बताउनुभयो।

कार्यपत्र प्रस्तुत गर्दै उहाँले नागरिकतामा समानता तथा राज्यविहीनताको अन्त्य, सकारात्मक विभेदको नीति, प्रजनन् स्वास्थ्यको अधिकार, लैगिंक हिसा अन्त्य, वंश र अंंशमा पुरुषसरह समानता र समावेशिता र समानुपातिक प्रतिनिधित्व संविधानमा लेखिएपनि समाज र सांस्कृतिक परिवेशले महिला दोस्रो दर्जाका नागरिकको रुपमा जीउन बाध्य बनाएको उहाँले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ। राज्यका अंग सरकार, संसद, र न्यायपालिकामा समेत राजनितिक सहभागिता, प्रतिनिधित्व न्यून रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टीको आगामी महाअधिवेसनले नेपाली काग्रेंसमा महिलाको एक तिहाई सिट सुनिश्चित हुने दाबी गर्नुभयो।

उहाँले नायाँ संविधानले वर्गीय, जातिय, क्षेत्रिय, भाषिक, धार्मिक, लंैगिक विभेद र सबैप्रकारका जातिय छुवाछुतको अन्त्य गरि आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको बताउनुभयो। उहाँले अंश वंश छोराछोरीलाई बराबर गर्ने, छोरालाई दिने छोरीलाई दिने भन्ने कुरा नै गर्न नहुने बताउनु भयो।

कार्यक्रममा पुर्व मन्त्री समेतका रहेका रिजालले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशिय हक अहिलेको संविधान रहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने थियो त्यो अहिले कार्यान्वयमा छ। राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ, अहिले राष्ट्रप्रमुख नै महिला हुनुहुन्छ।’

प्रकाशित मितिः २०७२ पुस १६ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: