मध्यपश्चिमबाट एक वर्षमा ४ सय १० महिला हराए


प्रकाशित मिति :2015-12-31 15:23:05

महिला खबर
नेपालगन्ज । १ वर्षमा मध्यपश्चिमका विभिन्न जिल्लाबाट ४ सय १० जना महिला हराएका छन् । उनीहरू बेचविखनमा परेको हुन सक्ने अनुमान गरिएको छ ।

मानव बेचविखनविरुद्ध यसक्षेत्रमा क्रियाशिल माईती नेपालमा सन् २०१५ को जनवरीदेखि डिसेम्वर ३० सम्म १ वर्षको अवधिमा खोजतलासको लागि निवेदन परेको संख्याको आधारमा यो अनुमान गरिएको हो । यो अवधीमा खोजतलासका लागि परेको ४ सय ६१ निवेदन मध्य जम्मा ५१ जनामात्र फेला परेको माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो ।

यो संख्यामा १८ वर्ष मुनिका २७४ र माथिका १८७ जना रहेका छन् ।  सबभन्दा बढि नेपालगन्ज उपमहानगरबाटै खोजतलासका लागि २८ वटा निवेदन परेको छ । मध्यपश्चिममा बाँकेबाट १ सय ४५, सुर्खेतबाट ७४, बर्दियाबाट ६०, दाङबाट ४४, सल्यानबाट ३२, रुकुमबाट ९, जाजरकोटबाट ३२ लगायत विभिन्न जिल्लाबाट गरी ४ सय ६१ निवेदन परेका हुन् ।

उद्धारका लागि सरकारीस्तरबाट प्रभावकारी संयन्त्र नभएका कारण खोजतलासमा कठिनाई भएको कोईरालाले जानकारी दिनुभयो । मानव बेचविखनको विषयलाई राजनीतिक मुद्दा बनाएर भारतको दिल्ली, मुम्वई, कलकत्ता र खाडी मुलुकमा समेत उद्धार युनिट राख्नुपर्ने कोईरालाकोे माग छ ।

सन् २०१५ मा माईती नेपालले नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रही सिमानाबाट  ५ सय ६६ जनालाई उद्धार गरेको छ भने ५ सय ६९ जनालाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराएको छ ।

हाल माईती नेपालको आवाधिक गृहमा एक जना १० वर्षीय बालकसहित १२ जना महिला रहेका छन् । यो अवधिमा श्रम र यौन शोषणमा परेका १६ जनालाई पनि उद्धार गर्न सफल भएको संयोजक कोईरालाले बताउनु भयो । मानव बेचविखनका घटना बढे पनि वितेको १ वर्षमा बेचविखनका घटनाविरुद्ध जम्मा ६ वटा मुद्दा परेका छन् ।

प्रकाशित मिति: २०७२ पुस १६ गते विहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: