रमला सिंगक
सुनसरी । महिलालाई होटलमा बन्धक बनाउने तीन जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका हलगाडा बस्ने होटल सञ्चालक मनिष कार्की, मोरङको बविया विर्ता–९ बस्ने दीपक ऋषिदेव र ललितपुर उपमहानगरपालिका –१४ बस्ने दीपक कार्की रहेको प्रहरीले जनाएको छ ।
होटल बेलुकाको खाना खान आएकी महिलालाई उनीहरूले जवजस्ती बन्धक बनाएका हुन् । ती महिलालाई यौन धन्दामा संलग्न गराउन उनीहरूले बन्धक बनाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उनीहरूले ती महिलालाई झुक्याएर होटलमा ल्याएपछि आफूहरूले भनेको नमाने ज्यानसमेत लिने धम्की दिएर झापाको शनि अर्जुन नगरपालिकाको ओसिन होटल एण्ड लजको १०२ नम्बर कोठा मा थुनेर राखेका थिए ।
महिलालाई होटल संचालक मनिष र सोही होटलमा काम गर्ने दीपक कार्की र ऋषिदेवले गलत नियतले बन्धक बनाएको प्रहरीले जानकारी पाएपछि बुधबार महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक खड्कवहादुर खत्रीले बताउनुभयो ।
डरत्रासका कारण पीडित महिलाले सवैकुरा बनाउन नचाहेकाले बलात्कार भए नभएको बारेमा अनुसन्धान हुन बाँकी रहेको छ । पीडक तीनै जना हिरासतमा रहेका छन् ।
प्रकाशित मिति :२०७२ पुस १६ गते विहीवार
Comment Here!