महिला खबर
नुवाकोट । मानव बेचबिखन गरेको आरोपमा मनकामनाका धन वहादुर तामाङलाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । नुवाकोट फिकुरीकी २५ वर्षीया युवतीलाई २६ वर्षअघि भारतमा लगेर बेचेको आरोपमा मनकामनाका ४४ वर्षीय रौत भनिने धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पीडित युवती भारतीय सेनामा कार्यरत एक नेपालीको सहयोगमा २०५२ साल साउन १ गते नेपाल आएकी थिइन् ।
उनले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा २०५२ साल साउन २८ गते किटानी जाहेरी दिएकी थिइन् । यसैका आधारमा प्रहरीले तामाङलाई गिरफ्तार गरेको नुवाकोट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिनुभयो । पीडित युवतीको भने एचआइभी एड्सका कारण २०६६ सालमै मृत्यु भएको पीडितको परिवारले जनाएको छ
पीडित युवतीलाई २०४६ साल पुस १५ गते बम्बइको कोठीमा २० हजार भारतीय रुपियाँमा बिक्री गरेको आरोप तामाङलाई लागेको छ ।
प्रकाशित मितिः २०७२ पुस १७ गते शुक्रवार
Comment Here!