महिला र युवाको प्रतिनिधित्व गर्दै सभापतिमा उम्मेदवारी दिन्छुःसुजाता कोइराला


प्रकाशित मिति :2016-01-01 10:16:16

महिला खबर

बर्दिया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।

काँग्रेस र नेपाल प्रेस युनियन बर्दियाले बिहीवार गुलरियामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो–“पार्टीभित्र रहेको भागबन्डालाई समाप्त पारी युवा लक्षित कार्यक्रम मार्फत मधेस–तराईलगायत समग्र मुलुकको विकासका लागि मै सभापतिमा उम्मेदवारी दिने तयारीमा लागेकी छु । ”

उहाँले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको बताउनुभयो ।

आफू सभापति भएमा  मुलुकको आर्थिक समृद्धिका लागि वैदशिक लगानी पर्याप्त मात्रामा भित्र्याउने दाबी उहाँको थियो । नेता कोइरालाले संविधान संशोधन प्रस्तावले मधेसको सम्पूर्ण समस्या हल गर्ने भएकाले नाकाबन्दी तत्काल खोल्न मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो ।

प्रकाशित मितिः २०७२ पुस १७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: