महिला खवर
सुनसरी । उदयपुर ठोक्सीलाकी ३८ वर्षीया कृष्णकुमारी कटुवालको हत्या आरोपमा प्रहरीले एक युवालाई प्रक्राउ गरेको छ । उनको गत सोमवार हत्या भएको थियो । कुटवालको परिवारले दिएको जाहेरीका आधारमा हत्यामा संलग्न झापा तोपगाछी बस्ने ३९ वर्षीय सरोज मगरलाई इलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।
हत्या गरेको दिन घाँस दाउरा गर्न स्थानीय जंगलमा कृष्णकुमारी गएकी थिइन् । हत्या गरिएकी कटुवाल र मगर विच प्रेम भएको र कटुवालले आफूलाई विहे गरेर लैजान भनेपछि विवाद वढ्दै गएपछि आवेशमा आएर कृष्णकुृमारीलाई ढुंगाले टाउकोमा हानेर हत्या गरेको बयान आरोपित मगरले दिएको प्रहरी निरिक्षक अमतलाल माझीले बताउनुभयो ।
कृष्णकुमारीको शव स्थानीय कालीखोला सामुदायिक वनमा फेला परेको थियो । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले विहीवार सार्वजनिक गरेको हो ।
प्रकाशित मितिः २०७२ पुस १७ गते शुक्रवार
Comment Here!