महिला खवर
सुनसरी । एक वर्षको अवधिमा १ सय ४८ जना महिला वेपत्ता भएको निवेदन परेको नेपालको पुर्वी नाका झापाको काँकडभिट्टास्थित माइती नेपालले जनाएको छ ।
माइती नेपालका पुर्वाञ्चल प्रमुख गोविन्द घिमिरेका अनुसार सन २०१५ भरी यी निवेदन परेका हुन् । उहाँका अनुसार वेपत्ता भएका बाहेक माइती नेपालको काँकडभिट्टा कार्यालयमा चेलीवेटी वेचविखनविरुद्ध पाँच, जवजस्र्ती बलात्कारविरुद्ध पाँच र घरेलु हिंसा विरुद्ध छ वटा उजुरी समेत दर्ता भएका छन् ।
उहाँले काँकडभिट्टा नाका प्रयोग गरेर दलालहरूले भारत र बंगालदेशका विभिन्न ठाउँमा यौनधन्दाका लागि प्रयोग गर्न पुर्याएका नेपाली महिला मध्ये ३० जनालाई उद्धार गरिएको जानकार दिनुभयो । एक वर्षको अवधिमा कोलकत्ता, दिल्ली, मुम्बई, चेन्नई, आसामको गुहाटी, बागडुग्रा, सिलिगुडी र वंगलादेशबाट ती महिलालाई उद्धार गररिएको हो ।
यसैगरी सोही नाका भएर विभिन्न दलालको प्रलोभनमा परी तेश्रो मुलुक जान खोज्ने २ सय ९५ महिलालाई सम्झाई बुझाई गरेर घर फर्र्काइएको माइती नेपालले जनाएको छ । यसरी घर फर्काइएका महिलामा सवैभन्दा बढी भूकम्प प्रभावित जिल्लाहरू सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, रसुवा र पुर्वी पहाडी जिल्लाका रहेका छन् ।
Comment Here!