श्रमको मुल्य खोज्दै महिला विदेशतिर


प्रकाशित मिति :2016-01-03 11:41:53

जमुना वर्षा शर्मा

पोखरा । ‘विहानदेखि बेलुकासम्म काम गरेपनि दुइ छाक पेटभरी खान पुगेन, विदेशमा गएर यहि काम गरे पैसा पाइन्छ , त्यहि भएर जान लागेको’ जिल्ला प्रशासन कार्यालय कास्कीकोे सूचना तथा परामर्श कक्षमा भेटिएकी पोखरा ढुँगेसाघुँकी देबी बरालले  भनिन् । ‘सधैँ रक्सी खाएर शारीरिक र मानसिक यातना दिने श्रीमानसँगको सम्बन्ध टुटेपछि  दुई सन्तानको जिम्मेवारीले पिरोलीरहेको छ । यहाँ विहान देखि बेलुकासम्म जतिनै काम गरेपनि मुल्यांकन हुँदैन, हातमुख जोर्न पनी धौ धौ हुन्छ, बरु विदेश गएर काम गरें भने पैसा पाइन्छ । छोरा छोरी पढाउन पाइन्छ ,त्यहि भएर जान लागेको उनले स्पष्ट पारिन् ।’

त्यस्तै कास्की लुम्लेकी २१ वर्षीया जलमाया वि.क पनि छोरा छोरीलाई राम्रो स्कुलमा पढाउन विदेश जान लागेको बताइन् । श्रीमानले हेर्दैनन् , छोरा छोरीलाई लाउने खानेदेखि पढाउने सबै कुराको जिम्मेवारी मेरै टाउकोमा छ । आफू पढेलेखेको छैन, देशभित्र काम पाईंदैन । पाइहाले पनि छाक टर्दैन । बरु यहि काम विदेशमा गरे पैसा देखिन्छ ।’ उनले पनि आफ्नो बाध्यता सुनाइन् ।

भर्खर १२ कक्षा पढ्दै गरेकी पोखरा –१२ कि १८ वर्षीया मेरी गिरीले पनि दुवइ जाने मानसिकता बनाएर राहादानी बनाउन आएको बताइन् ।  स्वदेशमा रोजगारको वातावरणको अभाव र श्रमको मुल्यांकन  नहुँदा विदेश जान लागेकोे उनको प्रतिक्रिया थियो ।

श्रमको मुल्यांकन र सम्मान नहुँदा विभिन्न समस्या झेलिरहेका महिला आर्थिक अभाव, बेचैनी, निराशा र जिम्मेवारीबोधले बाध्यतावश वैदेशिक रोजगारीमा जाने मानसिकतामा देखिन थालेका छन् । विदेश जानु बाध्यता  भने पनि उनीहरू कोसँग कहाँबाट र कसरी जान लागेको भन्ने बारेमा खुलेर बोल्दैनन्, विदेश गए पैसा कमाइन्छ भन्ने मात्र सोच्ने, तर कसरी जाँदा र कस्तो सीप सिकेर जाँदा सुरक्षित भइन्छ भन्ने बारे ज्ञान नहुँदा  ठगिने, शारीरिक तथा मानसिक समस्या लिएर फर्किने गरेको परामर्श कर्ता जुना के.सीले बताउँछिन् । ‘कति बाध्यतामा देखिन्छन् भने कति चाहि विलासी जीवनको रहरले विदेशीन चाहेका छन् । विशेष गरि दलित र जनजाति महिलाको संख्या बढी रहेको छ’ उनी भन्छिन् ।

विना सीप, भाषिक ज्ञानको अभाव , अवैधानिक तरीकाबाट विदेश जाँदा हुन सक्ने जोखिमको बारेमा परामर्श दिँदै आएकी जुना के.सीले बैदेशिक रोजगारीकालागि खाडी मुलुकमा जाने ५० /६० जना मध्ये ५ /७ जना महिला हुने गरेको बताइन् ।  अधिकांशले वास्तविकता लुकाएर बोल्ने गरेको र राहादानी बनाउने र विदेश जाने भनेर हतार मानसिकतामा  आउने गरेको के.सीको भनाइ छ ।

पछिल्लो समय सरकारले सुरक्षित आप्रावासन सम्बन्धि विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ । देशको अर्थतन्त्र प्रमुख स्रोत रेमिट्यान्स भएपनि भाषिक ज्ञानको अभाव, विना सीप र विना श्रम स्विकृति वैधानिक भन्दा जोखिम मोलेर अवैधानिक तरीकाबाट बैदेअिक राजगारमिा जाँदा समस्या थपिने गरेको सुरक्षित आप्रावासन सामी परियोजना कास्कीका संयोजक माया गुरुङ बताउँछिन् । गुरुङका अनुसार आर्थिक वर्ष २०७१ /२०७२ मा वैदेशिक रोजगारमा जानकालागि नियमित सूचना तथा परामर्श सेवा लिने कुल १४ हजार  मध्ये ३ हजार ७ सय ४७ जना महिला रहेका छन् । आव २०७०/२०७१ को (साउनदेखि कार्तिक सम्ममा) ४ हजार ५ सय जनामा १ हजार ४ सय ६१ जना महिला रहेका छन् ।

स्वदेशमा श्रमको मुल्य नहुनु, घर परिवारबाट तिरस्कृत हुनु, श्रीमानले अर्को विहे गर्नु, एकल महिला, सम्बन्ध विच्छेद, आर्थिक अवस्था कमजोर भएका महिलाले  खाडी मुलुक जानका लागि राहादानी बनाउने गरेको उनको भनाइ छ  । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलालाई विदेशबाटै साहुले पैसा पठाउने र स्वदेशमा सोझा साझा महिला आर्थिक प्रलोभनमा दलालको शिकार हुने गरेको गुरुङ बताउँछिन् । विदेश जाने कुरा सकेसम्म अरुलाई भन्न नचाहने, सहि सूचना लिन नखोज्ने, तहगत एजेण्टको कुरामा बढी विश्वास गर्ने र वास्तविकता धेरै लुकाउने, नक्कली कागजपत्र बनाएर पेश गर्ने जस्ता कुराले गर्दा वैदेशिक रोजगारमा जानेहरू ठगिने गरेको गुरुङको भनाइ छ ।

प्रकाशित मिति: २०७२ पुस १९ गते अाइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: