महिला खबर
डोटी । समाजमा बढ्दै गएको जाँडरक्सी, चुरोट, गुट्खालगायतका सामग्रीको प्रयोगले बालबालिकामा असर पुगेको अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् ।
अभिभावक बिष्ना केसीले भनिन, ‘बालबालिका कत्तीको कुलतमा फसेका छन भन्ने कुुरा विद्यालयको परिसर हेरे थाहा हुन्छ । सबैजसो विद्यालयका हातमा सुर्ती, गुट्खाका खोष्टा र चुरोटले भरिएका हुन्छन् ।’ समुदायका ठुलाबडा नै कुलतमा रहेका कारण बालबालिकाले सिक्ने गरेको उनले तर्क राखिन् । ‘ठुलाबडा तथा अभिभावक नै बालबालिकाका अगाडी यस्ता वस्तु उपभोग गर्छन् । त्यसैको सीको बालबालिकाले गर्ने हुन,’ उनले भनिन् ।
अभिभावक रविन्द्र बागचनले पछिल्लो समय समाजमा जाँडरक्सी, चुरोट, गुट्खा लगायतका वस्तुको प्रयोग बढीरहेकोले त्यसको असर बालबालिकामा परेको वताए । उनले भने, अचेल अधिकांश बालबालिकाले लुकेर /चोरेर यस्ता कुरा खाने गर्छन् ।’ अभिभावक र शिक्षकको आँखा छलेर स—साना बालबालिकाले यी चिज खान थालेको उनले बताए । ‘घरमा अभिभावक र विद्यालयमा शिक्षकलाई थाहा हुन्न, तर विद्यार्थी यस्तो क्रियाकलापमा संलग्न छन्,’ ‘बालबालिकाहरू कुलतमा फस्नु भनेको राम्रो सन्देश होईन,’ पत्रकार भूमिराज जोशीले भने,‘जसले भविष्यमा उनीहरूको स्वास्थ्यलगायत सामाजिक र आर्थिक अवस्थालाई गम्भीर संकटतर्फ धकेलिरहेको छ । यसमा सबैको ध्यान जानु जरुरी छ ।’ बालबालिकालाई कुलतबाट बचाउन सबैले सामूहिक प्रयास थाल्नुुपर्ने अभिभाबक नारद मलासीको भनाइ छ ।
प्रकाशित मिति :२०७२ पुस १९ गते अाइतवार
Comment Here!