हाम्रा श्रीमान बलीका बोका हुन् ? द्वन्द्व पीडित


प्रकाशित मिति :2016-01-04 10:25:27

महिला खबर

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री भिम रावलले द्वन्द्व पीडितलाई राहत दिन राज्यले विभिन्न योजना ल्याएको दाबी गर्नुुभएको छ।
सुरक्षा निकाय तर्फका द्वन्द्व पीडित तथा आश्रित परिवारको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रावलले भन्नुभयो ‘द्वन्द्वका बेला धेरै पीडित भएका छन्, उनीहरूको पीडालाई बुझेर राज्यले राहत कार्यक्रम ल्याएको छ, त्यसले तपाई सबैलाई सहयोग पुग्ने छ।’ उहाँले पीडितको पीडालाई बुझेर राज्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरेको बताउनुभयो।

4

सुरक्षा निकाय तर्फका द्वन्द्व पीडित तथा आश्रित श्रीमतीहरूले आफ्ना श्रीमानलाई राज्यले बलिको बोको बनाएको बताए।
द्वन्द्वका बेला देशको सेवामा खटिएका आफ्ना श्रीमानलाई राज्यले अहिलेसम्म शहिद घोषणा तथा आश्रित परिवारलाई समान राहत समेत नदिएको उनीहरूको गुनासो थियो। सुरक्षा निकाय तर्फका द्वन्द्व पीडित तथा आश्रित परिवारको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पीडित परिवार तथा घाइते सुरक्षाकर्मीहरूले शान्ति मन्त्रालयले आफूहरूलाई ठगेको बताए।

भेलामा सहभागी द्वन्द्व पीडित रामेछापकी रिता कार्कीले आर्थिक अवस्था कामजोर भएका कारण छोराछोरीलाई शिक्षा दिन समेत कठिन भएको सुनाउनुभयो। उहाँले आफूले पाउने सामाजिक सुरक्षा भत्ताका लागि आठ वर्षदेखि लडिरहेको बताउनुभयो।

यस्तै भेलामा सहभागी द्वन्द्वका घाइते सुरक्षाकर्मीले अहिलेसम्म प्रहरी प्रधान कार्यलयले द्वन्द्वको बेला घाइते भएका आफू जस्ता सिपाही र परिवारको अवस्था कस्तो छ भनेर एक पटक पनि नखोजेको आरोप लगाएका थिए।

मानव अधिकारको लागि एकल महिला समूहले आयोजना गरेको द्वन्द्व पीडित सेना पुलिसका परिवारको भेलामा बोल्दै कार्यक्रमका अध्यक्ष लिली थापाले द्वन्द्व पीडितका लागि राहत वितरण गर्न शान्ति मन्त्रालयबाट बनेका सबै निर्देशिकाहरूले पीडित सुरक्षाकर्मीका परिवार र घाइते सुरक्षाकर्मीलाई समेट्न नसकेको बताउनुभयो।

द्वन्द्व पीडितहरूको राष्ट्रिय भेलाले सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन द्वन्द्वका बेला वीरगती प्राप्त गर्ने सुरक्षाकर्मीलाई शहीद घोषणा गरिनुपर्ने, सुरक्षाकर्मीका आश्रित परिवारलाई राहत स्वरुप दश लाख उपलव्ध गराईनु पर्ने, शहादत र अशक्त सुरक्षाकर्मीको परिवार,एकल महिला तिनका छोराछोरीलाई रोजगारी प्रदान गर्न विभागीय र लोकसेवा आयोगबाट नियुक्त गरिने सबै पदमा कम्तिमा ५ प्रतिशत कोटाको व्यवस्था गर्नुपर्ने लगायतका १४ वटा माग राखेका छन्।

समान सुविधा, अधिकार र अवसर हामी सबैको सरोकार भन्ने मुल नाराका साथ आज काठमाडौंमा सम्पन्न भएको भेलाले देशभरबाट ३ सय जना सहभागि भएको आयोजकले बताएका छन्।

प्रकाशित मितिः २०७२ पुस २० गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: