ब्लडबैंक नहुँदा विरामीलाई समस्या


रगत दिने मान्छे खोज्नुपर्ने सास्ती

प्रकाशित मिति :2016-01-04 15:06:22

खेमा बस्नेत

डोटी । कालिकास्थान कोटाञ्जरकी ५५ वर्षीया पदमा भूलको जण्डिसका कारण शरीरमा साढे तिन प्वाईन्ट रगत मात्रै बाँकी थियो। उनलाई तत्काल रगत चाहिएको थियो। तर, जिल्लामा ब्लड बैंक नहुँदा रगत पाउन निकै कठिन भयो। उनका लागि आवश्यक पर्ने साढे तीन प्वाईन्ट रगत ‘ए पोजेटिभ’ समूहको खोज्नुपर्ने भयो।

शैलेश्वरी पोलिक्लिनिकका संचालक आईजंग कुँबर पदमाका लागि मिल्ने ए पोजेटिभ’ समूहको रगत भएका मान्छे खोजिरहेका थिए। सबैलाई अनुरोध गरी उनले ४/५ जनालाई ल्याएर रगत परिक्षण गरे। सबैको रगत ‘मिलेन’ भन्ने जवाफ आयो। मुस्किलले ३ जना ‘ए पोजेटिभ’ समूहको रगत भएका मान्छे खोजेर करिब १५ किलोमिटरको दुरीमा रहेको सिलगढी स्थित रेडक्रसमा रगत निकालेर दिपायल ल्याई सिकिस्त बिरामी पदमाको शरीरमा हालियो। उनको ज्यान बच्यो।

संचालक कुवँरले रगत आवश्यक पर्ने बिरामीका लागि सधैँ यस्तै दौडधुप गर्नुपर्ने बताए। ‘सबैभन्दा बढी अप्ठेरो शल्यक्रिया गर्नुपर्ने र रगतको मात्रा कम भएका बिरामी आउँदा हुन्छ,’ संचालक कुबँरले भने, ‘रगत पाउनै गाह्रो हुन्छ, जिल्लामा न ब्लड बैंक छ, न त रक्तदाता समूह। यसकारण रगत दिने मान्छे खोज्दै हिँड्नुपर्छ।’ रक्तदान सम्बन्धी जनचेतनाको अभावमा सबैले रगत दिन समेत नमान्ने उनी बताउँछन्।

जिल्ला अस्पताल डोटीले रगतको आवश्यकता परेमा पहिले बिरामीकै आफन्त र त्यसरी सम्भव नभए प्रहरी, सेनालाई गुहार्दै आएको छ। …समस्या आइरहेको हुन्छ,’ जिल्ला अस्पताल डोटीका चिकित्सक मोहित ओझाले भने, ‘त्यतिबेला सेना, प्रहरीले सहयोग गरिरहेका छन्। त्यता पनि नमिले आफ्नै कर्मचारीभित्रबाट जुटाउँछौ।’

दिपायल राजपुरमा रहेको सुजंग अस्पतालका चिकित्सक अच्युतराज कार्कीले यो अवस्थाको अन्त्य गर्न ब्लड बैंकको स्थापना अत्यन्त जरुरी रहेका बताए। उनले भने, ‘ब्लड बैंक भयो भने जतिबेला आवश्यक पर्छ सजिलै ल्याएर उपचार गर्न सकिन्छ। अहिलेको अवस्थामा कठिन बिरामी आए ज्यान जोगाउन गाह्रो पर्न सक्छ।’

जिल्लास्तरमा ब्लड बैंक स्थापनाका लागि पटक–पटक आवाज उठेको भएपनि स्थापना हुन सकिरहेको छैन। आवश्यक पुर्वाधार जुट्न नसक्दा ब्लड बैंक स्थापना गर्न नसकिएको रेडक्रसले जनाएको छ। ‘ब्लड बैंक स्थापनाका लागि आवश्यक पूर्वाधार जुटाउने स्विकृती त मिलिसकेको छ,’ नेेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोटीका मन्त्री देब बोहराले भने, ‘तर स्रोत नपुगेकाले स्थापना गर्न सकिएको छैन्।’ नियमित कर्मचारी र अन्य पूर्वाधार जुटाउन १० लाख रुपैयाँ भए स्थापना गर्न सकिने उनले बताए।

प्रकाशित मितिः २०७२ पुस २० गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: