महिला खबर
काठमाडाैं । व्यवस्थापिका संसदको आज बसेको बैठकले खोप विधेयक, २०७२ लाई पारित गरेको छ। संसदमा हिजो प्रतिवेदनका रुपमा पेश भएको विधेयकलाई मधेशी मोर्चाका सांसदको विरोध र नाराबाजीकै वीच आज बसेको बैठकले पारित गरेको हो।
विधेयक पारित गर्नु अघि विधेयकका सम्बन्धमा संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले तयार पारेको प्रतिवेदन २०७१ माथि सामान्य छलफल भएको थियो।
विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मन्त्री अग्नी प्रसाद खरेलले, खोपलाई सर्वसुलभ बनाउने र स्वास्थ्य सेवामा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने व्यवस्था विधेयकले गरेको बताउनु भयो।
विधेयक पारित भएको घोषणा गर्नु हुँदै सभामुख ओनसरी घर्तीले पारित विधेयक अबको ९१ दिनपछि कानुनका रुपमा कार्यान्वयनमा आउने जानकारी दिनुभयो।
खोप सम्बन्धी विधेयकको प्रतिवेदनलाई महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु कुमारी झाले हिजो संसद बैठकमा पेश गर्नु भएको थियो।
प्रकाशित मितिः२०७२ पुस २० गते साेमवार
Comment Here!