महिला खबर
काठमाडाैं । बरिष्ठ न्यायाधिस शुशीला कार्की अाजदेखि न्यायपरिषदको सदस्य हुनुभएको छ । बरिष्ठ न्यायाधीश गिरिशचन्द्रलालको उमेरहदका कारण आजबाट अवकाश हुनेभएपछि कार्की स्वतः न्यायपरिषदको पदेन सदस्य हुनुभएको जानकारी न्याय परिषदले दिएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीश गिरिशचन्द्रलालपछि कार्की बरिष्ठ न्यायाधिस हुनुहुन्छ । कार्की न्यायपरिषदकाे स्दस्य हुने पहिलो महिला हुनुहुन्छ । प्रधान न्यायाधिस कल्याण श्रेष्ठको अवकाश पछि उहाँ नेपालको पहिलो महिला प्रधान न्यायाधिस हुने रोलक्रममा हुनुहुन्छ ।
२०६५ सालमा अस्थायी न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा नियुक्त हुनुभएकी कार्की २०६७ सालमा स्थायी हुनुभएको थियो । उहाँलाई सर्वोच्च अदालतले २०६१ सालमा बरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो।
प्रधान न्यायाधीश अध्यक्ष हुने न्यायपरिषदमा कानुन तथा न्याय मन्त्री¸ एकजना सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश¸ राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मनोनित गरेको एकजना कानूनविद् र नेपाल बार एशोसिएशनको सिफारिशमा प्रधान न्यायाधीशव्दारा नियुक्त वरिष्ठ अधिवक्ता वा कम्तीमा बीस वर्षको अनुभव प्राप्त अधिवक्ता गरि पाँच जना सदस्य रहने व्यस्था छ ।
प्रकाशित मितिः २०७२ पुस २१ गते मङ्गलवार
Comment Here!