देविका घर्ती मगर
दाङ। आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुरमा एक युवकलाई पक्राउ गरेको छ। तुलसीपुर दुधेनाका सुरेन्द्र चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो।
घरमा एक्लै रहेको मौका छोपी बालिकालाई जबरजस्ती गर्ने क्रममा बालिका चिच्चाएपछि चौधरी भागेका थिए। घटना लगत्तै जम्मा भएका स्थानियलाई बालिकाले आफूलाई बलात्कार गर्नेको नाम भनेपछि अपराधीको खोजी गरिएको थियो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरोपीविरुद्ध प्रहरीले जबरजस्ती करणी सम्बन्धि मुद्दा चलाएको छ।
प्रकाशित मितिः २०७२ पुस २१ गते मङ्गलवार
Comment Here!