१५ वर्षमा ११ सय महिलाको उद्धार


प्रकाशित मिति :2016-01-05 12:28:06

खेमा बस्नेत
कैलाली । स्थापनाकालदेखि हालसम्म करिब ११ सय महिला तथा बालबालिकाको उद्धार गरेको माइती नेपाल कैलालीले जनाएको छ।
महिला तथा बालबालिका बेचबिखन तथा यौन शोषणविरुद्ध १५ वर्षदेखि कैलालीमा कार्यरत माइती नेपालले उक्त संख्यामा भारतमा बेचिएका तथा वेचिन लागेका महिलालाई सिमानाका र बिभिन्न देशबाट उद्धार गरेको हो।

उद्धार गरिएका महिलाको विवरण सार्वजनिक गर्दै माइती नेपाल कैलालीका कार्यक्रम संयोजक शिवचरण चौधरीले विभिन्न प्रलोभनमा पारेर बेचिएका तथा बेच्न लगिएका १ हजार ९५ जना महिलालाई उद्धार गरिएको जानकारी दिनुभयो।

सन् २००१ देखि २०१५ सम्म ११ सय महिलाको उद्धार गरिएको हो। गतवर्षमात्रै धनगढी श्रीनगर नाका बाट ८८ जना महिला तथा बालबालिकालाई जोखिमपुर्ण अवस्थाबाट उद्धार गरिएको र भारतवाट १ जनाको उद्धार गरेको जानकारी संयोजक चौधरीले दिनुभयो।
जस मध्ये ४१ जना १८ वर्ष मुनिका रहेका छन्। उद्धार गरिएका मध्ये ४८ जना कैलालीका र ४० जना अन्य जिल्लाका थिए ।

यो तथ्याकंले कैलालीको सिमानाकालाई दलालहरूले धेरै प्रयोग गर्ने गरेको देखिएको माइती नेपालले जनाएको छ। संयोजक चौधरीका अनुसार १५ वर्षको अवधिमा कैलाली जिल्लाका मात्रै ५ सय २३ जना महिलाको उद्धार गरिएको छ। त्यसैगरी उद्धार हुनेमा जिल्ला बाहिरका ५ सय ५४ जना छन्।

माइती नेपालले २०१४ मा उद्धार गरेका १ सयजना महिलामध्ये ३८ जना क्षेत्री समुदायका महिला थिए। त्यसैगरी दलित समुदायका ३०, जनजातिका २२, र ब्राह्मण समुदायका ६ जना महिला रहेका छन्। २०१५ मा १ सय १० जनाको महिला तथा बालबालिका हराएको निवेदन परेकोमा २७ जना फेला परिसकेको जानकारी माइती नेपालले दिएको छ ।

प्रकाशित मितिः २०७२ पुस २१ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: