महिलाकाे अगुवाइमा सडक कालोपत्रे


प्रकाशित मिति :2016-01-05 15:03:50

w/fgdf sfnf]kq] ;8s agfPkl5 lgdf{0f ;ldltsf dlxnfx? . t:jL/M k|bLk d]Gofªaf]

रमला सिंगक
सुनसरी। धरानमा महिलाको सक्रियतामा निर्माण सम्पन्न भएको २ सय ५० मिटर लामो जानकी चोक–भृकुटीपथ–सुनाखरी मार्गको उद्घाटन हुँदा सचिव सानु शाक्य निकै व्यस्त देखिइन्।
स्थानीय जनसहभागितामा आधारित विकास निर्माण गर्ने नीतिलाई निरन्तरता दिँदै धरान उपमहानगरपालिकास्थित भृकुटी पथका महिलालाई कुल १५ लाख ५४ हजार रुपैयाँमा ढलसहितको कालोपत्रे सडक बनाउन जिम्मा पाएको काम पुरा गरेपछि स्थानीय महिलाहरुसँगै शाक्य पनि फुरुङ्ग थिइन्।

सडक निर्माणका लागि करिव दुई वर्ष अघि महिलालाई समेटेर निर्माण उपभोक्ता समिति गठन भएको थियो। तर, धरान उपमहानगरपालिकाले कुल बजेटको ६० प्रतिशत रकम दिन आर्थिक अभावले ढिलाइ भएपनि उपभोक्ताले आफ्नै रकम खर्चेर निर्माण सम्पन्न गरेर देखाएका थिए।
उनीहरूले धरान उपमहानगरपालिकाले ९ लाख ३२ हजार रुपैयाँ उपलव्ध गराउने सम्झौता गरेपछि स्थानीय बासिन्दाले ६ लाख २१ हजार रुपैयाँ रकम करिव २ सय ५० उपभोक्ताको घरदैलो घुमेर संकलन गरेको सचिव सानु शाक्यले जानकारी दिइन्।

कालोपत्रे सडक निर्माण गरिसकेपनि उपमहानगरपालिकाले ४ लाख २ हजार रुपैयाँ दिन बाँकी रहेको शाक्यले बताइन्। उनले भनिन्, ‘कालोपत्रे सडकको आसपास बस्ने अधिकांस सुकुम्बासी छन्। उनीहरूले समेत आफ्नो भागमा परेको रकम व्यहोरेकाले ढिलै भएपनि घर अगाडिको धुले सडक कालोपत्रे भएको छ।’

कालोपत्रे सडक निर्माणका लागि उपभोक्ता समितिका महिला धरान उपमहानगरपालिका धाउने, स्थानीय बासिन्दाबाट रकम संकलन गरेर बैंकमा राख्ने, मिक्स गिट्टी, बालुवा, अलकत्रा, रोलर, पानी, लेवर मिस्त्री खोज्ने काममा ६ महिनासम्म व्यस्त भएका थिए।

स्थानीय सडक उपभोक्ता दुर्गा बराइलीले भनिन्, ‘आफ्नो घर अगाडिको धुले सडक कालोपत्रे हुने भएपछि मैले पनि घरखर्च कटाएर पाँच हजार रुपैयाँ सहयोग गरें।’ समितिका सदस्य कमला याख्खा सापकोटाले महिला दिदीवहिनीहरूको सक्रियतासँगै सडक निर्माणका लागि पुरुष साथीहरूले पनि उत्तिकै साथ र सहयोग दिएकोमा आभार व्यक्त गरिन्।

सोमबार एक समारोहका वीच कलोपत्रे सडक उद्घाटन गर्दै सुनसरी क्षेत्र नं. १ का सभासद कृष्णकुमार राईले धरानका महिलाको सक्रियतामा कालोपत्रे सडक बनेकोमा खुशी व्यक्त गर्दै सोही टोलका अन्य सडक निर्माणका लागि सहयोग गर्ने आश्वासन दिए। उनले भने, …तपाईहरूले आफ्नो घर खर्च कटाएर कालोपत्रे सडक निर्माण गरेर देखाउनु भएको छ। धरानका महिला विकासप्रेमी छन् भन्ने नमूना हो यो। अव मैले पनि सहयोग गरिन भने तपाईहरूको सराप लाग्छ।’
धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले महिलाको निर्माण उपभोक्ता समितिलाई कामको जिम्मा दिँदा बढी पारदर्शिता हुने विश्वास व्यक्त गरे। उनले भने, ‘हुन त यो सडक एक वर्ष अघि नै बन्नु पर्ने हो, तर आर्थिक अभावका कारण उपमहानगरपालिकाले दिनुपर्ने रकम समयमै दिन नसके पनि महिलाको सक्रियताले निर्माण सम्पन्न भयो।’

सडक निर्माणमा कमला सापकोटा याख्खा, शान्ता मगर, विमला राउत, हिरा गिरी लगायतको टिम रहेको थियो। कालोपत्रे सडक निर्माण भइरहेकै अवस्थामा निर्माण समितिकी सचिव शाक्यको विवाह धरानकै अर्कै टोलमा भएपछि उक्त टोलका स्थानीय बासिन्दाले आफ्नो टोलमा पनि सडक कालोपत्रे गर्न शाक्यलाई नै अगुवा बनाएका छन्। शाक्यले भनिन्, ‘माइती टोलमा सचिव भएर कामको अनुभव प्राप्त गरें, अव विवाह भएकाले श्रीमानको टोल पनि मलाई नै आग्रह गरिरहेका छन्। सामाजिक सेवा गर्दा विकास निर्माण हुन्छ भने किन पछि पर्ने ?’

प्रकाशित मितिः २०७२ पुस २१ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: