धनु राई
ओखलढुङ्गा । ओखलढुङ्गाका महिलाले महिला लक्षित बजेट महिला कै लागि खर्चनुपर्ने माग गरेका छन् । राष्ट्रिय महिला आयोगको आयोजनामा महिला अधिकारका विषयक मंगलवार ओखलढुङ्गामा भएको सार्वजानिक सुनुवाइमा महिलाले निर्णायक तहमा महिलाको सहभागिता तथा नागरिकताको बिषयमा धेरै जिज्ञासा राखेका थिए ।
स्थानियस्तरमा देखिएका समस्या स्थानियस्तरमै समाधान गर्न र महिला सहभागितामा वृद्धि गर्ने उद्देश्यले सार्वजानिक सुनुवाई गरिएको राष्ट्रिय महिला आयोगका सदस्य उर्मीला देवी विश्वकर्माले बताउनुभयो । कार्यक्रममा महिला अधिकारकर्मी, आमा समूह, महिला सहकारी, महिला कृषि सहकारी ,हिँसा पीडित महिला, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, नेता कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा, जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अदालत, जिल्ला शिक्षा कार्यालयलगायतका १० वटा सरकारी कार्यालयको सेवा प्रवाह र त्यसको गुणस्तरका विषयमा ती निकायका जिम्मेवार व्यक्तिले स्पष्ट पारेका थिए भने उनीहरूले सेवाग्राहीका जिज्ञाशाको जवाफ पनि दिएका थिए ।
प्रकाशित मिति :२०७२ पुस २२ गते वुधवार
Comment Here!