बेचविखनमा परेका ३० महिलाको उद्धार


प्रकाशित मिति :2016-01-06 12:22:01

अम्बिका भण्डारी
झापा । माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकरभिट्टाले सन २०१५ मा बेचविखनमा परेका ३० जना महिलाको उद्धार गरेको छ ।
माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा भारतको कोलकता, दिल्ली, चेन्नाई, आसाम, बागडुग्रा, सिलगढी र बङ्गलादेशबाट ३० जना महिलालाई उद्धार गरिएको हो ।

सोही अवधिमा माइती नेपालले पूर्वीनाका काँकरभिट्टा हुँदै भारत तथा तेस्रो मुलुक हिँडेका २ सय ९५ जना महिलालाई सम्झाई बुझाई घर फर्काएको जनाएको छ ।

उद्धार गरिएका  अधिकांश महिला भूकम्प प्रभावित क्षेत्र मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र पूर्वी पहाडी जिल्लाका छन् ।
त्यसैगरी, सोही अवधिमा कार्यालयमा १ सय ४८ जना महिला हराएको निवेदन परेको छ । कार्यालयका अनुसार बेचविखनविरुद्धका ५ वटा, बलात्कार सम्बन्धी ५ वटा र घरेलुहिंसा सम्बन्धी ६ वटा मुद्दा समेत दर्ता भएका छन् ।

संयोजक घिमिरेले यो नाकाबाट बैदेशिक रोजगारका लागि खाडीलगायत अन्य देश हिँडेका २१ हजार ३ सय २० जना महिलालाई उचित परामर्शपछि सुरक्षित स्थानागमनका बारेमा जानकारी गरेको बताए ।

चेलीबेटी बेचविखन रोकथामका लागि माइती नेपाल पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकरभिट्टाले वर्षभरि नै चेतनामूलक नाटक तथा विविध कार्यक्रम गर्दै आएको संयोजक घिमिरेले बताए ।

प्रकाशित मिति :२०७२ पुस २२ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: