झाँक्रीबाट खोसेर अस्पताल, जुट्यो रगत जोगियो ज्यान


प्रकाशित मिति :2016-01-06 14:09:15

दिलीप खड्का
रुकुम । सुत्केरी भएको तीन दिन बितिसक्दा पनि रगत रोकिएन, रगत पनि पाइएन जाजरकोटमा केही समय अगाडी ३६ वर्षीया कमला बुढाको ज्यान गयो । रक्तअल्पताले थलिएकी बाजुरा जुगाडाकी २५ वर्षीया वसन्ती रोकायाले समयमा रगत पाउन नसक्दा त्यसको केही दिनमा मृत्यु भएको खबर आयो ।

पूर्वी वा पश्चिमी पहाडी जिल्लामा रगत अभावमा, रगत नपाउँदा ज्यान गुमाएका यस्ता घटना हरेक वर्ष दोहोरिरहेका हुन्छन् ।
तर, रुकुमको खोलागाउँका २६ वर्षीया विर्मि डाँगीलाई भने गाउँलले नै नयाँ जीवन दिएका छन् । रगतको अभावमा मृत्युसँग लडिरहेकी डाँगीलाई गाउँलेले रगत दिएर जीवनदान दिएका हुन् ।  एबी रगत समूहकी  डाँगीको  अत्यधिक रगत बग्यो ।  उहाँलाई बचाउँन  ब्लड बैँकमा समेत रगत  थिएन  ।

खोलागाउँ गाविस की २६ वर्षीया डाँगीलाई  बचाउन स्थानीय चारजना एबी  रगत समूह भएका व्यक्तिले  ४ पिन्ट रगत दान गरे । उहाँको ज्यान बच्यो ।

धामी झाँक्रीको सहारामा घरेलु उपचार गरिरहेका बेला छिमेकी प्रेम वहादुर के.सीको पहलमा डांगीलाई चौरजहारी अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले रगत नभएको बताएपछि स्थानियको पहलमा मिल्ने रगत समूहका व्यक्ति खोजी रगत दान गरिएको थियो ।

सामान्यतया स्वस्थ व्यक्तिको शरीरमा ११ देखि १४ होमोग्लोविन हुनुपर्नेमा डांगीको शरीरमा अत्यधिक रक्तश्राव भई २ ग्राम मात्र रगतको मात्रा रहेको अस्पतालका वाल रोग विशेषज्ञ डा. कालिव वुढाले जानकारी दिनुभयो ।  ३ जना छोरीकी आमा डांगीका श्रीमान भारतमा मजदुरी गर्न जानु भएको छ ।

ब्लड वैंक छ, रगत छैन
रुकुममा ब्लड वैंक छ, तर यसका लागि आवश्यक पुर्वाधार नहुँदा रगत आवश्यक पर्दा नपाएर उनीहरूको ज्यान जोखिममा पर्ने गरेको छ ।
चौरजहारी अस्पताल र नेपाल रेडक्रस सोसाईटी उपशाखा चौरजहारीले रगत संकलनको लागि विगतका वर्षमा शिविर मार्फत करिव ३ सय व्यक्तिको रगत समूह छनौट गरेका थिए । तर, उनीहरू मध्यबाट हालसम्म कसैले पनि रगतदान गरेका छैनन् ।

प्रकाशित मिति :२०७२ पुस २२ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: