महिला खबर
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ पेस गर्नुभएको छ । बैठकको शुरुमै सभामुख ओनसरी घर्तीले मन्त्री खरेललाई केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ लाई प्रस्तुत गर्न अनुमति दिनुभएको थियो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध दलका सांसदहरुको विरोध र नाराबाजीका बीचमा मन्त्री खरेलले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक पुस २९ गते बुधबार दिनको १ बजे बस्नेछ ।
प्रकाशित मितिः २०७२ पुस २२ गते बुधवार
Comment Here!