प्रकाशित मिति :2016-01-06 15:33:04

नेपाली महिलाको नाममा अमेरिकामा हिंसाविरुद्ध दिवस घोषणा
काठमाडौं । गोरखा ताक्लुङकी डा. विष्णुमाया परियारले घरेलु हिंसाविरुद्ध काम गरेको सम्मान गर्दै अमेरिकाको केन्टकीको लुइभिल शहरले ‘डा. विष्णुमाया परियार डे’ मनाउने घोषणा गरेको छ ।
त्यहाँको स्थानीय सरकारले हरेक वर्ष सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ को रुपमा मनाउने घोषणा गरेको हो ।
उनले नेपाल र अमेरिकामा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान स्वरुप स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।
घरेलु हिंसामा परेका महिलाको अधिकार, दलित अधिकार र सामाजिक न्याय तथा मानव अधिकारका लागि काम गर्दै आएकी उनले अमेरिकी महिलाको अधिकारको लागि पनि काम गर्दै आएकी छिन् ।
सन् २००४ देखि घरेलु हिंसा विरुद्ध वकालत गर्नै आएकी डा. विष्णुमाया परियार अमेरीकामा रहेका पीडित महिलाको पक्षमा काम गर्न ‘कारणका लागि महिला’ नामक संस्था गठन गर्नुभएको छ ।
अमेरिकामा घरेलु हिंसा पीडित महिलाको अधिकारको रक्षा र आर्थिक अवस्था कमजोर भएका महिलाको न्यायका लागि उनको संस्थाले विना शुल्क काम गर्ने गदर्छ ।
प्रकाशित मिति २०७२ पुस २२ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: