पुरुषबाट संचाालित हुँदा स्वतन्त्र सामाजिक जीवनयापनमा बाधा


प्रकाशित मिति :2016-01-07 11:24:20

महिला खबर
पोखरा ।    पोखरा लेडी जेसिज वर्ष २०१६ का अध्यक्ष प्रमिला सुवेदीले  वर्ष २०१६ लाई महिला सशक्तिकरणमा जोड दिदै  स्वतन्त्रता र समानताको वर्ष बनाउने उद्घोष गर्नुभएको छ ।

२८ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापना कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गर्दै यस्तो उदघोष गर्नुभएको  हो । उहाँले महिला आजपर्यन्त पुरुषबाट संचाालित हुनुपरेको भन्दै अब महिला स्वचालित हुनुपर्ने बताउनुभयो ।  समाजमा महिला र पुरुषबीचको गहिरो खाडल नपुरेसम्म स्वतन्त्रता पूर्ण सामाजिक जीवनयापन लागि सधैँ महिला बञ्चित भइरहने उहाँको भनाइ थियो । उहाँले पिछडिएका वर्ग, सडक बालबालिका र महिलामा समान किसिमका हक अधिकार प्राप्तिका लागि सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताउनु भयो ।

नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष प्रदीपमान वैद्यले जेसिस विधिको शासनबाट सञ्चालित रहेको भन्दै सामाजिक न्याय स्थापित गर्न पोखरा लेडि जेसिजले अघि सारेको कार्ययोजना निकै सकारात्मक भएको भन्दै आफूहरूको पूर्ण सहयोग रहने बताउनुभयो ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले महिलामा नेतृत्व तथा क्षमता विकास र समाजलाई गतिशील प्रदान गर्ने कार्यमा स्थानिय सरकारको हैसियतले सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति :२०७२ पुस २३ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: