पाँच विकाश क्षेत्रलाई नै प्रदेश बनाउनुपर्छ — सुजाता कोईराला


प्रकाशित मिति :2016-01-07 14:24:08

सुमित्रा के सी

sujata-koiralaरुकुम । नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पुर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले पाँच विकास क्षेत्रलाई नै प्रदेशका रुपमा स्थापित गरेमा समस्या नहुने बताउनुभएको छ ।

आज विहान नेपाल प्रेस युनियन रुकुमले  सदरमुकाम मुसिकोटमा आयोजना गरेकोे पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले सिमाङ्कनका विषयमा बढी समस्या भएकाले पाँच विकास क्षेत्रलाई नै प्रदेशका रुपमा स्थापित गर्दा कुनै प्रदेशलाई पनि मर्का नपर्ने र सबै भुभाग जातजाति, हिमाल,पहाड, र तराईको भुमि समेत समान ढँगले वितरण गर्नुपर्ने धारणा राख्नुभयो ।

नेता कोईरालाले मुलुकमा अहिले देखिएको अस्थिरता हटाउन राष्ट्रिय एकता र मेलमिलापको खाँचो रहेको औल्याउँनुभयो । देशलाई अन्तर्राष्ट्रिय तत्वले कमजोर बनाउँदै लिन खोजेकाले नेपालका सबै राजनीतिक दलले राष्ट्रिय एकताको बाटो रोज्नु अहिलेको आवश्यक्ता भएकोमा उहाँले जोड दिनुभयो   ।

राष्ट्रिय एकता र मेलमिलापको बाटो नखोजे देशमा अस्थिरता, भ्रष्टाचारी र दलालहरू मौलाउन सक्ने भएकाले सचेत हुन उहाँले सबैमा आग्रह गर्नुभयो ।

पार्टीको आसन्न १३ औं महाधिवेशनलाई लक्षित गरेर जिल्ला दौडाहमा रहनुभएकी कोईरालाले छिमेकीलाई नेपालको राजनितिक अवस्था बुझाउन र उनीहरूले नेपालको विषयमा बुझन नसक्दा देशले अहिले संकट खेप्नुपरेको बताउनुभयो ।

प्रकाशित मिति: २०७२ पुस २३ गते  विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: