बन्धक बनाइ शोषण गरेको भन्दै न्यायका लागि अपिल


प्रकाशित मिति :2016-01-08 11:12:47

सिर्जना अर्याल

चितवन। पश्चिम चितवन माडीकी एक महिलाले ¬ आफूलाई अपहरण गरेर १३ दिनसम्म बन्धक बनाई यौन शोषण गरेको भन्दै न्यायको लागि सबैसँग अपिल गरेकी छन्।

विहीवार नारायणगढमा पत्रकार सम्मेलन गरी उनका आफन्तले पीडितलाई भरतपुर ११ नौरंगेका डम्बर बहादु गुरुङले बन्धक बनाई उनलाई यौन शोषण गरेको बताएका छन्। भारतीय सेनामा कार्यरत श्रीमान घर नभएको मौका पारेर ती महिलालाई एक वर्ष अघि डम्बरबहादुर गुरुङले होटलमा साझेदार बनाएपनि उनलाई लगानीको आम्दानी नदिइ उल्टै मानसिक तथा शारीरिक शोषण गर्दै आएको पीडितपक्षले बताएका छन्। पीडक भनिएका डम्बरबहादुर गुरुङले १३ दिनसम्म होटलमै बन्धक बनाई यौन शोषण गरेको पीडित महिलाले पत्रकार सम्मेलनमा बताइन् ।

ती महिलालाई बन्धक बनाएपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि उनलाई उजुरी दिएको भन्दै पीडक डम्बर बहादुर गुरुङ, र उनका छिमेकीलेे झन यातना दिएको उनले बताइन्।

उनका अनुसार पीडकले उजुरी फिर्ता लिन दबाब दिएका छन्। पीडितले आफ्ना श्रीमानले पठाएको पैसा समेत डम्बरबहादुर गुरुङले लिने गरेको बताइन्। पीडित महिलाको एटिएम कार्ड नै डम्बरबहादुरले राखेर पैसा निकाल्ने गरेको पीडित उनको भनाइ छ।

प्रकाशित मितिः २०७२ पुस २४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: