पैंतालिस वर्षमा एघारौँ सन्तान


प्रकाशित मिति :2016-01-08 12:09:41

१४ वर्षमा विवाह गरेकी महिलाले पैंतालिस वर्षमा एघाराैं सन्तान जन्माएको बाजुराको कथा दुर्गम गाउँका नेपाली आमाहरूको साझा समस्या हो ।

प्रकाश सिंह
prakhas singबाजुरा । गोत्री ८ बस्ने छम्प लुवारले दुई महिना अगाडी ४५ वर्षको उम्मेरमा बच्चा जन्माईन् । १४ वर्षको उमेरमा विवाह गरेकी लुवार ४५ वर्ष पुग्दा जन्मिएको यो ११ आैं सन्तान हो । उनका सात सन्तान जीवित छन् । ११ आैं बच्चा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जन्माएकी छम्पले नौं वटा बच्चा घरमै जन्माएकी थिइन् ।

पछिल्लो पटक पनि गर्भवती भएपछि नियमित स्वास्थ्य परिक्षण नगराएकी उनी बच्चा जन्माउन समस्या भएपछि मात्र स्वास्थ्य केन्द्रमा पुगेकी थिइन् । अहिले पनि छम्पलाई परिवार नियोजनका साधनका बारेमा जानकारी छैन् । उमेर ढल्किसकेपछि बच्चा जन्माउँदा आमा र बच्चा दुबैलाई समस्या पर्छ भन्ने चेतना छैन् । अहिलेसम्म परिवार नियोजनका कुनै साधन प्रयोग नगरेकी छम्पलाई गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गराउनु पर्दछ भन्ने पनि जानकारी छैन ।
Photo old age (3)

जगन्नाथ ४ बस्ने कुशुकला सार्कीले पनि ४१ वर्षको उमेरमा १० औं बच्चा जन्माइन, त्यो पनि जुम्ल्याहा । ४१ वर्षकी कुशुकला आफैँ निकै वृद्ध जस्तो देखिन्छिन् । उनका बच्चा पनि कुपोषणको शिकार भएका छन् । पाँच वर्षदेखी सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, समयमा महिनावारी नहुने समस्या देखिएपनि उनी अस्पताल गइनन् । तपाईंलाई परिवार नियोजनका साधनबारे केही जानकारी छ भनेर प्रश्न गर्दा उनले ‘केही थाहा नभएको बताइन् ।’ घरमा बच्चा जन्माउन समस्या भएपछि मात्र अस्पताल गएकी कुशुकलालाई बिरामी भए जडिबुटीले ठिक गर्छ भन्ने चाहिँ थाहा छ ।

महिलाले २० देखि ३५ वर्षको उमेरमा बच्चा जन्माउनु स्वास्थ्यका हिसाबले उपयुक्त भएपनि बाजुरामा ४५ वर्षसम्म पनि बच्चा जन्माउने गरेको बताउँछन् जिल्ला स्वास्थ्य कार्यालयका डा.लोकेन्द्र थापा । डा. थापाका अनुसार ४० कटेपछि पनि बच्चा जन्माउने महिलाले २० वर्ष पुग्दा दुई—तीन बच्चा जन्माईसकेका हुन्छन् । अघिल्लो महिना सातौं बच्चालाई जन्म दिएकी पाण्डुसेन १ की ४० वर्षीया कालि विकका भने सबै बच्चा जीवितै छन् ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार एक महिनामा ३५ वर्ष उमेर नाघेका छ—सात जना महिला बच्चा जन्माउन स्वास्थ्य केन्द्र आउने गर्छन् । स्वास्थ्य केन्द्रका स्टाफ नर्स हेमु श्रेष्ठका अनुसार घरमा बच्चा जन्माउन नसक्ने अवस्था आएपछिमात्र महिला स्वास्थ्य केन्द्र आउने गर्दछन् । श्रेष्ठका अनुसार स्वास्थ्य केन्द्रमा बच्चा जन्माउन आउनेलाई परिवार नियोजनका साधन प्रयोग गर्नु पर्दछ भनेर सिकाएर पठाए पनि यसको प्रयोग निकै कम मात्रामा हुने गरेको पाइन्छ ।
Photo old age (2)
एक महिना अगाडी ४० वर्षको उमेरमा बच्चा जन्माएकी गोत्री १ कि ४० वर्षीया जौमती बिष्टका आठमध्ये पाँच सन्तान मात्रै जीवित छन् । अहिलेसम्म परिवार नियोजनका कुनै साधन प्रयोग नगरेकी जौमती परिवार नियोजनका साधनका बारेमा आफूलाई जानकारी नै नभएको बताउँछिन् । उनका श्रीमान लोक पनि परिवार नियोजनका साधनका बारेमा आफूलाई थाहा नभएको बताउँछन् ।

बाजुरालगायत दुर्गम जिल्लामा ३५ वर्षपछि पनि बच्चा जन्माउने महिलाको संख्या धेरै छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराकी परिवार नियोजन अधिकृत दुर्गा बजगाईका भनाइमा, ‘सानो उमेरमा र ३५ वर्ष कटिसकेपछि पनि बच्चा जन्माउने महिलामा पाठेघर खस्ने, सेतो पानी बग्ने, पाठेघरको संक्रमण हुने जस्ता स्वास्थ्य समस्या देखिने गरेको छ ।’ उनका भनाइमा, ‘यस्तो उमेरमा जन्मिएको बच्चामा कुपोषणको समस्या देखिनुको साथै मृत्यु हुने सम्भावना बढी हुन्छ ।’
जिल्ला स्वास्थ्य कार्यालय बाजुराकी स्टाफ नर्स सुनिताका भनाइमा, ‘पाको उमेरमा गर्भाधारण गर्ने महिला चिनिरोग, उच्च रक्त चाप, सेतोपानी बग्ने, पाठेघर खस्ने, तल्लो पेट दुख्ने, पाठेघरको क्यान्सर, प्रजनन् अङ्गहरूमा संक्रमण जस्ता स्वास्थ्य समस्या लिएर स्वास्थ्य चौकी आउने गर्छन् ।’ स्वास्थ्य अवस्था निकै जटिल भएपछि मात्र महिला अस्पताल आउने गरेको उनको भनाइ छ । स्टाफ नर्स सुनिता भन्छिन्, ‘घरमा बच्चा जन्माउने महिला अत्यधिक रक्तश्राव भएपछि अन्तिम अवस्थामा अस्पताल आउने भएकाले स्वास्थ्य संस्थामा बच्चा जन्माउनु पर्दछ भन्ने जनचेतना जगाउन आवश्यक छ ।’

(सिंह, दि हिमालयन टाईम्सका बाजुरा संम्बाददाता हुन् ।)

प्रकाशित मिति :२०७२ पुस २४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: