बालिका र युवती बलात्कार गर्ने दुई पक्राउ


एकपटकलाई माफी देउ भन्दै दोषी उम्काउन उत्रिए गाउँले

प्रकाशित मिति :2016-01-08 13:19:38

रमला सिंगक
सुनसरी। बलात्कार गरी फरार रहेका दुईजना युवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालयले शुक्रबार विहान सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ डागीहाट गाविसका २८ वर्षीय दिल्लीबहादुर भण्डारी र धरान उपमहानगरपालिकाका २३ वर्षीय कैलाश श्रेष्ठ रहेका छन्।

अभियुक्त भण्डारीले पुस १९ गते मध्यान्ह धरान उपमहानगरपालिकाको एक होटलमा बसिरहेकी २३ वर्षीया युवतीलाई बन्धक बनाई जबरजस्ती करणी आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरू सामान्य चिनजान भएकाले चिया नास्ता खाना होटलमा पसेका बेला भण्डारीले युवतीको इच्छा विपरित होटलको कोठामा थुनेर बलात्कार गरेका पीडितले उजुरी दिएकी छिन्। भण्डारीलाई होटलबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।rapist

अर्का अभियुक्त कैलाश श्रेष्ठले सोही दिन बेलुकी ७ बजे आफ्नै नाता पर्ने ४ वर्षीया बालिकालाई आफ्नै घरमा चक्लेट दिई ललाइ फकाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो। उनीहरू दुवैलाई पीडितको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो।

पीडित युवती र बालिका दुवैको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइसकेेको छ। मेडिकल रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। मेडिकल रिपोर्ट नआएपनि प्रारम्भिक अनुसन्धानमा युवती र बालिकामाथि बलात्कार भएको बुझिएको प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतिले बताउनुभयो।

पक्राउ परेका दुवैलाई जबरजस्ती करणी ऐन अन्तर्गत कारबाही अगाडि बढाउन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो। डिएसपी सिजापतिले भन्नु भयो, ‘युवतीलाई होटलमा जबजस्ती बलात्कार गरेको पुष्टी भएमा भण्डारीलाई सात वर्ष जेल सजाय हुन सक्छ। अर्का अभियुक्त श्रेष्ठ हाडनाता र बालिका बलात्कार मुद्दा पुष्टी भएमा १५ वर्षको जेल सजाय हुनसक्छ। हामीले कडा मिसिल बनाउने गरी अनुसन्धान गरिरहेका छौं।’

युवती र बालिका बलात्कार गर्ने दुवै युवकलाई सर्वस्वहरणसहित आजीवन कारावासको दण्ड सजाय दिनुपर्ने अधिकारकर्मीले माग गरेका छन्। पाँचदस वर्षको जेल सजायले मात्र पीडितले मानसिक र शारिरिक रुपमा पाएको क्षतिको भर्पाइ हुन नसक्ने भएकाले स्वर्बस्वहरण सहितको आजिवन कारावास वा मृत्युदण्ड दिनुपर्ने कडा कानूनको व्यवस्था हुनुपर्ने धरान महिला संजालकी अध्यक्ष शिला बज्राचार्यले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बलात्कार सम्बन्धी नेपालमा कडा कानून नभएकाले छोरी चेली र बालिकाहरू घर परिवार र समाजमै असुरक्षित भएका छन्। दिनदिनै बलात्कारका घटना बढेकाले मृत्यु दण्ड वा आजिवन कारावासको सजाय पीडितलाई चित्त बुझाउने माध्यम हुनसक्छ।’

यसैवीच ती चार वर्षीया बालिकामाथि हाडनाता करणी गर्ने कैलाश श्रेष्ठ निर्दोष भएको भन्दै गाउँलेहरू परिवारभित्रै मिलापत्र गराउने र इलाका प्रहरी कार्यालयमा गएर एक पटकलाई माफी दिन अनुरोध गर्ने प्रयास गरिरहेका छन्। या थाहा पाएपछि शुक्रबार नै महिला अधिकारकर्मीको टोलीले बलात्कार घट्नामा सम्लग्न दोषीले एक पटकका लागि पनि माफ पाउन नहुने भन्दै प्रहरीलाई दवाव दिएका छन्।

प्रकाशित मितिः २०७२ पुस २४ गते  शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: