महिला खबर
सुनसरी । चेलीवेटी वेचविखन गर्ने दलालहरूको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाका इलामको पशुपतिनगरबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन्।
माइती नेपालको पशुपतिनगर स्थित आवधिक गृहले दिएको जानकारी अनुसार सन् २०१५ मा भारतमा हराएका भनी १७ जनाको निवेदन परेपछि खोजी गरी छ जनालाई आफन्तको जिम्मा लगाइए पनि ११ जना अझै सम्पर्कविहीन बनेको आवधिक गृहले जनाएको छ।
फेला परेकाहरू भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाइएको हो। वेपत्ता भएकाकाहरूको माइती नेपाल र माइती नेपाल सञ्जाल समूहले खोजी गरिरहेको आवधिक गृह पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिनुभयो।
एक वर्षमा भारतसँग सिमाना जोडिएका इलामको पूर्वी क्षेत्रका दर्जनौँ अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका १ सय ९७ जना महिलालाई सीमा क्षेत्रबाटै परामर्श गरी घर फर्काइएको माइती नेपालले जनाएको छ। रोजगारीका लागि भारत पुगेका १ सय २१ जनालाई माइती नेपाल, विभिन्न संघसंस्था, प्रहरीको सहयोगमा उद्धार गरी पुनःस्थापना केन्द्रमा राखिएको छ।
प्रकाशित मितिः २०७२ पुस २४ गते शुक्रवार
Comment Here!