दिलीप खड्का
रुकुम । न केहि भन्न सक्छिन् , न त कसैले सोधेको प्रश्नको जवाफ दिन। हेर्दा अपराधी हुन भनेर पनि विश्वास लाग्दैन, तर उनी समाजको अगाडि अपराधी हुन। तीन सन्तानकी आमा गौरी वादी आफ्नै श्रीमानको हत्या गरेको आरोपमा जेल गएपछि उनका ३ जना छोराछोरीलाई पुष्पा बस्नेतले जिम्मा लिएकी छन्।
रुकुम कोटजहारी गविस ४ मेलैनाउली की गौरी वादीले गत भदौमा आफ्नो श्रीमानको सुतिरहेको अवस्थामा बन्चारोले हानेर हत्या गरेको आरोपमा जिल्ला अदालत रुकुमले उनलाई २० वर्षको जेल सजाय सुनायो। आफू जेल गएपनि आफ्ना छोराछोरीले निःशुल्क पढ्न र खानबस्न पाउने थाहा पाएपछि उनी निकै खुशी छन्। तरपनि उनलाई छोराछोरी आफूलाई विर्सने हुन की भन्ने ठुलो चिन्ता छ। आँखाभरि आँसु पार्दै उनले भनिन् “मेरा छोराछोरीले पढ्लान लेख्लान ठुलो मान्छे बन्लान्, मलाई त भोली नै विर्सिन्छन् होला।”
आमा जेलमा परेपछि रुकुम जिल्ला कारागारमा आमाको साथमा रहेका तीन जना वालवालिकालाई विहीवार जिल्ला वालकल्याण समिति रुकुमको पहलमा सन् २०१२ को सीएनएन हिरो पुष्पा बस्नेतद्वारा संचालित प्रारम्भिक बालविकास केन्द्रमा संरक्षणका लागि हस्तान्तरण गरिएको छ।
जिल्ला वालकल्याण समितिका अधिकृत मानबीर वलीले आमाको साथमा जेलमा बस्दै आएका १३ वर्षका विरेन्द्र वादी, ८ वर्षका दिपक वादी र ७ वर्षकी पुष्पा वादीलाई केन्द्रमा जिम्मा लगाईदिएका हुन्। आमा छोड्नुपर्दा दुःखी भएपनि पढ्न पाउने भएपछि उनीहरू खुशी देखिएका थिए। “घरमा आफन्त पनि छैनन् , पढ्नलाई पैसा पनि छैन।” १३ वर्षीया विरेन्द्र वादीले भने, “अव पढ्न पाईने भयो, हामी पनि ठुलो मान्छे बन्छौं।”
जिल्ला अदालत रुकुमले चौरजाहरी नगरपालिकामा पर्ने पहिलेको कोटजाहारी गाविसका ३३ वर्षीय वुद्धि वादीकोे आफ्नै श्रीमती गौरीले सुतिरहेको अवस्थामा बन्चरोले हानेर हत्या गरेकाले २० वर्षको सजायँ सुनाएको हो। ३१ वर्षकी गौरीले “श्रीमानसँग सामान्य घरायसी विवाद भएको र मंगलबार साँझ सुतेको अवस्थामा बन्चारो प्रहार गर्दा अचानक श्रीमानको ज्यान गएको स्वीकार गरेको अदालतले जानयो।” उनलाई जिल्ला अदालतले आजीवन कारावासको सजाए दिए पछि , उनका दुई छोरा र एक छोरी अलपत्र थिए।
प्रकाशित मितिः २०७२ पुस २४ गते शुक्रवार
Comment Here!