ज्ञानु पंगेनी
नवलपरासी। नवलपरासीको ईलाका प्रशासन कार्यालय कावासोतीबाट चालु आर्थिक वर्षको ५ महिनामा १२ सय ८३ जना महिलाले राहदानीका लागि आवेदन दिएका छन्। जसमध्ये साधारण सेवाबाट ७ सय ३७ जनाले आवेदन दिएका हुन्। यस्तै धेरै पैसा तिरेर पाइने द्रुत सेवातर्फ ५ सय ४६ महिलाले आवेदन भरेको ईलाका प्रशासन कार्यालय कावासोतीका नायव सुब्बा वावुराम पौडेलले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा राहदानी लिनेमा करीब २५ प्रतिशत महिला रहेको पौडेलले बताउनुभयो। उहाँका अनुसार गत वर्षको यो अवधीको तुलनामा यस वर्षमा राहदानी बनाउने महिलाको संख्या बढेको छ।
प्रकाशित मितिः २०७२ पुस २६ गते अाईतवार
Comment Here!