महिला शिक्षित र आत्मनिर्भर हुनसके हिंसा घट्ने


प्रकाशित मिति :2016-01-10 13:24:18

निर्मला भट्ट

काठमाडौं। महिला हिंसा न्युनिकरण गर्नका लागि महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन्। पार्टी सहकार्य संयन्त्रको आयोजनामा शनिबार काठमाडौंमा आयोजित महिला हिंसा अन्त्यका लागि अभियान कार्यक्रमका सहभागिले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै पार्टी सहकार्य संयन्त्रका संचालक समिति सदस्य तथा नेपाली काग्रेंसका नेता चित्रलेखा यादवले महिला पुरुष विच हुने विभेद अन्त्य गर्न सकिएमा महिला हिंसा अन्त्य हुनेमा जोड दिँदै त्यसका लागि समाजमा चलिआएका गलत मान्यता र सोचलाई परिर्वतन गर्नुपर्नेमा जोड दिनुभयो। महिला र पुरुषका लागि समाजले बनाएका फरक फरक नियमले महिलामाथि हिंसा बढाएको बताउनुभयो।

कार्यक्रममा पार्टी सहकार्य संयन्त्रका सञ्चालक समिति सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष्य अष्टलक्ष्मी शाक्यले माहिलामाथिको हिंसा अन्त्यका लागि पहिले पितृसत्तात्मक सोचमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो। महिलाले अपमान, हिंसा सहने हो भने समतामुलक समाज निर्माण नहुने र समतामुलक समाज निर्माणका लागि बिद्यमान सोचमा रुपान्तरण हुन आवश्यक भएको उहाँको भनाइ थियो।

कानुनमा भएका कुराले मात्रै समतामुलक समाज निर्माण हुन नसक्ने र त्यसका लागि शोषण, असमानता, सामाजिक न्याय, परम्परा, कुसंस्कृति अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो। महिलाले शिर निहुराउँदै हात थापेर बस्नुपरेकाले आत्मसम्मान का साथ बाच्नकालागि महिलालाई शिक्षित र आत्मनिर्भर बनाउनुपर्ने शाक्यले बताउनुभयो।

कार्यक्रममा बोल्दै सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले नेपालका कानुन जटिल भएकाले कानुन निर्माणमा संलग्नहरूलाई बुझ्न पनि कानुन व्यवसायीको सहारा लिनुपर्ने बताउनुभयो। आमाले आफ्नो सन्तानलाई नागरिकता दिन नसक्नु ठुलो हिंसा भएकाले संविधान संसोधन गरेर यस्ता कतिपय कुरा परिमार्जन गर्नुपर्ने शर्माले बताउनुभयो। निर्णायक तहमा महिलालाई अवसर नदिएर राजनितिक दलहरूले समेत महिलामाथि हिंसा गरेको उहाँको भनाई थियो। ऐनले महिलालाई अधिकार दिएको भएपनि आफ्नै अधिकारका लागि अदालत धाउनुपर्ने अवस्था रहेको शर्माले बताउनुभयो।

कार्यक्रममा अधिवक्ता खिमलाल देवकोटाले महिलाविरुद्ध हुने हिंसा सम्वन्धी कानुनको बारेमा चर्चा गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै डिआईपीडी कार्यक्रम संयोजक सुजान एडेलहर्ट जेनसनले विकसित देश डेनमार्कमा पनि महिला हिंसा सहन बाध्य भएको भन्दै अविकसित देश नेपालमा पनि महिलामाथि चरम हिंसा हुने भन्दै यसको अन्त्यका लागि सवै सरोकारवाल र साझेदार निकाय एक हुनुपर्नेमा जोड दिनुभयो। हिंसाको प्रकृति फरक भएपनि सवै मुलुकमा कुनै न कुनै रुपमा हिंसा सहन बाध्य भएको उहाँको भनाइ थियो ।

प्रकाशित मितिः २०७२ पुस २६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: