महिला खबर
नेपालगन्ज। झारफुकबाट निको पार्ने भन्दै एक विरामी महिलाकोे घरमा पुगेका धामीले महिलालाई बलात्कार गरेका छन्। बाँकेको गनापुरका धामी २८ वर्षीय दुर्गेस मिश्रले २९ वर्षीया ती विवाहित महिलालाई बलात्कार गरेका हुन्।
झारफुक गरेर शरीरको रोग निको पार्ने भन्दै रातीको समयमा विरामी महिलाको घर पुगेका मिश्रले ती महिलालाई जर्वजस्ती बलात्कार गरेका थिए। झारफुकको बहानामा विवाहित महिला बलात्कार गर्ने मिश्रलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। पीडित महिलाले प्रहरीमा बलात्कार गरेको उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।
घरमा एक्लै रहेको बेला गत सोमबार राती झारफुक गर्न पुगेका उनले ती महिलामाथि जर्वजस्ती गरेका थिए। मिश्रमाथि जर्वजस्तीकरणी मुद्दा दर्ता गरि अनुसन्धान भइरहेकेा ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीव बस्नेतलेे बताउनुभयो।
प्रकाशित मितिः २०७२ पुस २६ गते अाईतवार
Comment Here!