महिला खबर
नेपालगन्ज । बाँकेकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। शनिबार व्यथा लागेर शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी गनापुर गाविस ४ की ३० वर्षीया असिया खानको शल्यक्रिया गरी बच्चा निकालिएको हो। शिशुहरूको तौल १ किलो ८ सय ग्रामदेखि २ किलोसम्म रहेको छ।
दुई छाेरा र एक छोरीलाई जन्म दिएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. फरहद बानोले बताउनुभयो।
व्यथा लागेर अस्पताल भर्ना गरिँदा बच्चा उल्टो देखिएपछि शल्यक्रिया गर्दा तीन शिशु निकालिएको वहाँले बताउनुभयो।
अस्पताल पुग्दा एउटा बच्चाको खुट्टाको केही भाग निस्किसकेको थियो। अस्पताल पुगेको आधा घन्टा मै ५ मिनेटको अन्तरमा उहाँले तीन सन्तानलाई जन्म दिनुभएको थियो।
बिपन्न परिवारकी असियालाई प्रसूति ब्यथाले च्यापेपछि उनका आफन्तले शनिबार दिउँसो शिक्षण अस्पताल पुर्याएका थिए।
यसअघि २ पटक गर्भ रहे पनि जिवित बच्चा जन्माउन नसकेकी असियाले एकै पटक तीन सन्तान जन्माएपछि उहाँका आफन्तहरूमा खुसीयाली छाएको छ।
प्रकाशित मितिः २०७२ पुस २६ गते अाईतवार
Comment Here!