स्कुल–स्कुलमा प्रहरी


प्रकाशित मिति :2016-01-10 15:46:43

महिला खबर
प्यूठान । महिला तथा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाबारे बालबालिकालाई जानकारी दिन प्युठानमा प्रहरीले विद्यालय केन्द्रित अभियान सुरु गरेको छ । स्कुल–स्कुलमा पुगेर बालबालिकालाई लागुपदार्थको प्रयोगसँगै महिला र बालबालिकामाथि हुने हिंसाका विषयमा जानकारी दिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्यूठानको बाल शिक्षा उमावि ओखरकोटबाट विद्यालयस्तरमा विद्यार्थी अभिमुखिकरण कार्यक्रमको सुरु गरिएको हो । जिल्लामा हरेक महिना दुई वटासम्म विद्यालयमा लागुपदार्थ सेवन, बाल विवाह तथा बालहिंसाका विषयमा जानकारी दिन विद्यालय कार्यक्रम सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

८ देखि १० कक्षासम्म र उच्चमाविमा अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी प्रहरी प्रधान कार्यालय काठमाडौँको सहयोगमा कार्यक्रम सुरु गरिएको हो । विद्यालयस्तरको कार्यक्रम जिल्लाका सबै गाविस र प्यूठान नगरपालिकामा सञ्चालन गर्ने योजना रहेको प्रहरी नायब निरीक्षक सञ्जीव दुलालले जानकारी दिनुभयो ।

कार्यक्रममा बालशिक्षा उमाविका प्राचार्य विष्णुप्रसाद पोख्रेलले महिला तथा बालबालिकाको क्षेत्रमा हुने हिंसा न्यून गर्न विद्यालय केन्द्रित कार्यक्रमको आवश्यकता पर्ने बताउनुभयो । लैंङ्गिक हिंसा जिल्ला समन्वय समिति प्यूठानका अध्यक्ष एवम् मानवअधिकारकर्मी पार्वता आचार्यले बालबालिकासँगै युवावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीका लागि कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो ।

प्रकाशित मितिः २०७२ पुस २६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: