महिला खबर
भक्तपुर। भक्तपुर जिल्लाका एक सय साठी जना भूकम्प पीडित महिला तथा किशोरीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्। ओरेक नेपाल र जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको संयुक्त आयोजनामा भएको शिविरमा महिला स्वास्थ्यमा बारेमा अभिमुखीकरण पनि दिइएको थियो।
“महिला स्वास्थ्य अधिकार, हामी सबैको सरोकार,” भन्ने मुल नाराका साथ सञ्चालन भएको शिविरमा सामान्य स्वास्थ्य परिक्षण, महिलाको यौन तथा प्रजनन् स्वास्थ्य समस्या, आङ्ग खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, यौन रोग र निरन्तर पिसाब चुहिने जस्ता समस्याका बारेमा स्वास्थ्य परामर्श दिइएको ओरेकका कार्य समिति सदस्य अनिता श्रेष्ठले जानकारी दिनुभयो।
स्वास्थ्य मेलामा लैङ्गिक विभेदमा आधारित हिसां र त्यसले स्वास्थ्यमा पार्ने असर, स्थानिय स्तरमा पाईने जडीबुटीले स्वास्थ्यमा पुर्याउने फाईदाका बारेमा जानकारी तथा औषधी प्रदान गरिएको उहाँले बताउनुभयो।
शिविरमा चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका, सुर्यविनायक नगरपालिका र महामञ्जुश्री नगरकोट नगरपालिकाका महिला तथा किशोरीहरुले सेवा लिएका थिए।
Comment Here!