पाठेघरको मुखको क्यान्सर रोक्न खोप अभियान


प्रकाशित मिति :2016-01-11 12:36:49

महिला खबर
पोखरा। सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामकालागि एच.पी.भी. (Human Popilloma virus) अभियान शुरु गरेको छ। यस अभियान अन्तर्गत शुरुमा नेपालका दुइ जिल्ला कास्की र चितवनलाई छानिएको छ।

विशेष गरी ९ वर्षदेखि १३ वर्ष सम्मका नानीहरूलाई लक्षित कार्यक्रम भए पनि खोपको मात्रा कम भएकाले कक्षा ६ मा अध्ययरत छात्रालाई छानिएको बालस्वास्थ्य महाशाखाका कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार स्कुल नगएका १० वर्षका नानीहरूलाई समेत यो खोप दिइनेछ। प्रारम्भिक चरणमा सो जिल्लाका कक्षा ६ मा अध्ययनरत झण्डै १४ हजार छात्रा मध्ये कास्कीमा ६ हजार ७ सयजनालाई एच.पी.भी खोप दिइने कार्यक्रम रहेको छ।

यस खोपको प्रभावकारिताका लागि शारीरिक सम्पर्क हुनुभन्दा अगाडि नै दिनुपर्ने भएकाले सो लक्षित समूहलाई छनौट गरिएको श्रेष्ठले जानकारी दिनुभयो। उहाँले वयस्क महिलाका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट पाठेघरको मुखको क्यान्सर जाँच गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। ३५ देखि ६४ वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको र ७० प्रतिशत एच.पी.भी संक्रमणको कारणले हुने गरेको उहाँको भनाइ छ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको को २०१० को प्रतिवेदन अनुसार प्रत्येक वर्ष विश्वमा २ लाख ७० हजार महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ, भने ८५ प्रतिशत विकासोन्मुख देशहरूका महिलामा हुने गरेको छ। नेपालमा १० हजार २० जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। नेपालमा पाठेघरको मुखको क्यान्सर फोक्सो पछि दोस्रो स्थानमा रहेको छ। एचआइभी एड्स भन्दा पनि जटिल रुपमा देखिएको यस समस्यालाई अभियानबाटै निराकरण गर्ने लक्ष्य सरकारले राखेको छ। यस खोपको मुल्य १ सय डलर पर्दछ भने ६ महिनाको फरकमा दुई पटक दिइने छ।

खोप अभियानको तयारी जिल्ला भर भइसकेको र मितिमात्रै तय गर्न बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृत एक नारायण लम्सालले बताउनु भयो। यतिबेला दादुरा र रुबेला खोप अभियान चलेकाले यस लगत्तै एच.पी.भी अभियानलाई गति दिने लम्सालले बताउनुभयो। यस अभियानले पाठेघरको मुखको क्यान्सरबाट जोगाउनुका साथै सानो उमेरमा विहे नगर्न र सानै उमेर यौन सम्पर्क नगरौं भन्ने सचेतना दिन पनि कार्यक्रम प्रभावकारी हुने लम्सालले बताउनुभयो।

प्रकाशित मितिः २०७२ पुस २७ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: