महिला खबर
चितवन । महिलालाई उद्योग व्यवसाय गर्न प्रोत्साहन गरी अत्मनिर्भर बनाउने उद्देश्यले चितवनमा महिला उद्यमी भेला सुरु भएको छ ।
महिलालाई उद्यम व्यवसायमा सक्रिय गराइ आर्थिक क्षेत्रमा सवल बनाउन भेला आयोजना गरिएको महिला उद्यमी महासङ्घकी संस्थापक अध्यक्ष शान्ती चढ्ढाले बताउनुभयो । व्यवसायमा पनि महिला अगाडि आउनु जरुरी रहेको भनाइ उहाँको थियो ।
महिलालाई हरेक क्षेत्रमा अगाडि ल्याउन उनीहरूको आर्थिक सशक्तिकरण आवश्यक भएको महासङ्घकी अध्यक्ष रिता भण्डारीले बताउनुभयो । व्यावसायिक उत्पादनका महिला सहभागिता एकदमै अघि बढ्न नसकेको भेलाका सहभागिहरूले बताए । महिला घरबाट वाहिर आउने वातावरण नभएकाले उद्मशीलतामा महिलाको सहभागिता कमजोर भएको र त्यसतर्फ राज्यले गम्भीर भएर सोच्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । भेलामा २५ जिल्लाका १०० जना महिला उद्यमी सहभागी छन्
प्रकाशित मितिः २०७२ पुस २७ गते साेमवार
Comment Here!